पाटन अस्पतालमा कोरोनाले २९ वर्षीय युवकको मृत्यु
ललितपुर : पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित पुरुष मृत्यु भएको छ। कोरोना संक्रमण देखिएपछि साउन २८ गतेदेखि पाटन अस्पताल भर्ना भएका २९ वर्षीय युवकको उपचारका क्रममा शनिबार राति १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।
स्वास्थ्य कार्यालयका अनुसार मृतक पुरुष ललितपुरका हुन् ।

प्रतिक्रिया दिनुहोस !