सरकारलाई कांग्रेसको प्रश्‍न : नेपाल चीन सिमाबारे स्थलगत रिपोर्ट नआउँदै हतारमा किन प्रतिक्रिया ?

सरकारलाई कांग्रेसको प्रश्‍न : नेपाल चीन सिमाबारे स्थलगत रिपोर्ट नआउँदै हतारमा  किन प्रतिक्रिया ?

काठमाडौं : नेपाली कांग्रेसले हुम्ला जिल्लामा नेपाल-चीनको सीमाबारे स्थलगत अध्ययनको विवरण आउनु पूर्वनै सीमा नमिचिएको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ। अध्ययन टोलीले ११ नम्बर पिल्लर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षपछि सीमा मिचिएको हो/होइन भन्नेबारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई सरकारले हेक्का नराखेको बताएको छ।

‘हुम्ला जिल्लास्थित नेपाल र चीनको सीमा सम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै सीमा मिचिएको छैन भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेकोप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ।’ कांग्रेस प्रवक्ता एवं  सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारको जिल्ला स्थित संरचनाको नेतृत्वमा रहेका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनु पूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत देखिएन।’

कांग्रेस पार्टीका तर्फबाट केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही हुम्लामै रहेर स्थानीय वास्तविकताबारे वस्तुगत अध्ययनकै क्रममा भएको शर्माले बताएका छन्। सीमा सम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चार माध्यमसमेतको ठोस अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु जिम्मेवार र परिपक्व हुने कांग्रेसको बुझाई छ।

विज्ञप्तिमा भनिएको छ, ‘बिहीबार साँझसम्म स्थलगत अध्ययन टोली सीमाबाट हुम्लाको सदरमुकाम फर्किएपश्चात सीमा मिचिएको ठहर भए चीन सरकारसमक्ष कडा विरोध जनाउँदै संवादको कूटनीतिक प्रक्रियामार्फत् समाधानमा पुग्न सरकारलाई प्रतिपक्षी दलकातर्फबाट सचेत गराउँदछौं।’ स्थलगत अध्ययनको धारणा आउनु पूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको कांग्रेसको ठहर छ। 

बुधबार सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएका थिए। हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण परेको खबर मिडियामा आएकोप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै उनले त्यो सत्य नभएको बताएका थिए।  ‘यस्तै खबर २०७३ मा पनि आएको थियो। त्यसबेला सरकारले गृह र परराष्ट्र मन्त्रालय, नापी विभागलगायतको संलग्नतामा टोली बनाएको र त्यसले स्थलगत गरेको थियो’, मन्त्री ज्ञवालीले भने, ‘चीनले बनाएका भनेका घरहरु नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभागमै रहेछन्।’ 

जुम्लाको नाम्खा गाउँपालिका लिमी लाप्चास्थित नेपाली भूभागमा भवन नबनाएको चीनले दाबी गरेको थियो।  प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीसहितको टोली उक्त इलाकाको अनुगमन गर्दा चिनियाँ पक्षले यस्तो बताएको थियो। भवन बनाए नजिक पुगेको टोलीलाई चिनियाँ सैनिकले माइकिङ गर्दै ‘फर्किएर आफ्नै सीमामा जान’ अनुरोध गरेको थियो। चिनियाँ पक्षले सीमा नमिचेको माइकबाटै दाबीसमेत गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.