बर्दिबासबाट ६ वर्षीया बालिका बेपत्ता
बर्दिबास : महोत्तरीको बर्दिबास-१४ बाट एक बालिका बेपत्ता भएकी छन्। सहिद आलमकी ६ वर्षीया छोरी इन्तजार भनिने गुलाश साह खातुन हिजो बेलुकादेखि बेपत्ता भएकी हुन्।
फुपुको घरमा खेल्दै गर्दा उनी आइतबार साँझ ४ बजेदेखि बेपत्ता भएको बताइएको छ। साँझ घर नफर्किएपछि परिवारजनले प्रहरीमा खबर गरेका ईलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले बताए।
मध्यरातीसम्म प्रहरी र गाउँले बालिकालाई खोज्दा पनि भेटेको छैन। घरबाटै बेपत्ता भएकी बालिकाको प्रहरी र गाउँलेले खोजी कार्य तीब्र पारेका छन्।
प्रतिक्रिया दिनुहोस !