प्रतिनिधिसभा विघटनविरुद्ध आम हड्ताल : सातदोबाटोको प्रदर्शनमा प्रचण्ड

प्रतिनिधिसभा विघटनविरुद्ध आम हड्ताल : सातदोबाटोको प्रदर्शनमा प्रचण्ड

काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा बिहीबार आम हड्ताल घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बिहानैदेखि प्रदर्शन चर्काएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सातदोबाटोको प्रदर्शनमा सहभागी भएका छन् । सातदोबाटोमा प्रचण्ड, देव गुरुङलगायत नेताकार्यकर्ता सहभागी छन् । 

बिहीबार बिहानै काठमाडौं गोंगबुमा ट्याक्सी जलाइएको छ। प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमाथि आगजनी भएको हो। आगजनीबाट ट्याक्सीमा पूर्णरुपमा  क्षति पुगेको छ।

यसैबीच बन्द गराउन कलंकी पुगेकी नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य शाक्य, हितमान शाक्य, अमृता थापा लगायतका नेता पक्राउ परेका छन् । 

बिहीबार बिहानैदेखि नेकपाका नेता तथा कार्यकर्ता प्रदर्शन गर्न सडकमा उत्रिएका छन् । उपत्यका विभिन्न चोकमा नेकपाका शीर्ष नेताको नेतृत्वमा प्रदर्शन भइराखेका छन् । 

गृह मन्त्रालयले बिहीबार निर्धक्क भएर आफ्नो पेशा व्यवसाय गर्न आम नागरिकलाई आग्रह गरेको थियो । मन्त्रालयले बुधबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयले दैनिक रूपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने बताए पनि बिहानैबाट तोडफोड र आगजनी सुरु भएको हो । 

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपाको एउटा समूह सडकमा पुगेको छ । अध्यक्ष पुष्पमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले संसद विघटनको विरोधमा सडक आन्दोलन चर्काएको हो । प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधिन भएको अवस्थामा सरकारले संवैधानिक नियुक्ति र जिम्मेवारी दिएपछि प्रचण्ड नेपाल समूहले सरकारको विरोधमा बिहीबार आम हड्ताल घोषणा गरेको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.