गोंगबुमा ट्याक्सी जल्यो, अष्टलक्ष्मी शाक्यसहित नेता-कार्यकर्ता पक्राउ

गोंगबुमा ट्याक्सी जल्यो, अष्टलक्ष्मी शाक्यसहित नेता-कार्यकर्ता पक्राउ

काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले घोषणा गरेको आम हड्तालको दिन बिहीबार बिहानै काठमाडौं गोंगबुमा ट्याक्सी जलाइएको छ। महानगरीय प्रहरी परिसर, काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले परिचय नखुलेका दुई युवाले ट्याक्सी जलाएको जानकारी दिए।

प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमाथि आगजनी भएको हो। आगजनीबाट ट्याक्सीमा पूर्णरुपमा  क्षति पुगेकाे छ।

यसैबीच बन्द गराउन कलंकी पुगेकी नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेतालाई प्रहरीले कलंकीबाट पक्राउ गरेको छ। नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले ट्वीटमार्फत भनेका छन्, 'आज बिहानै निरंकुश सरकारले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेतालाई कलंकीबाट गिरफ्तार गरेको छ।'

बिहीबार बिहानैदेखि चोकचोकमा बाक्लो मात्रामा सुरक्षाकर्मी खटिएका छन्। उपत्यकामा फाट्टफुट्टमात्रै सवारी साधन चलेका छन्। अहिलेसम्म प्रहरीले हड्ताल गर्दै हिड्ने ५० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको छ।

प्रचण्ड-माधव पक्षले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार आकस्मिक पत्रकार सम्मेलन गरेर संवैधानिक नियुक्ति खारेज गर्न माग गर्दै बुधबार साँझ देशभर मसाल जुलुस, बिहीबार बन्द लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। 

गृह मन्त्रालयले बिहीबार निर्धक्क भएर आफ्नो पेशा व्यवसाय गर्न आम नागरिकलाई आग्रह गरेको छ। मन्त्रालयले बुधबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयले दैनिक रूपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने बताएको छ। मन्त्रालयले यातायात व्यवसायीलगायत सबै व्यवसायीलाई निर्धक्क आ–आफ्नो उद्योगधन्दा पेशा व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको थियो।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपाको एउटा समूह सडकमा पुगेको छ । अध्यक्ष पुष्पमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले संसद विघटनको विरोधमा सडक आन्दोलन चर्काएको हो । प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधिन भएको अवस्थामा सरकारले संवैधानिक नियुक्ति र जिम्मेवारी दिएपछि प्रचण्ड नेपाल समूहले सरकारको विरोधमा बिहीबार आम हड्ताल घोषणा गरेको हो । 

बिहीबार बिहानैदेखि नेकपाका नेता तथा कार्यकर्ता प्रदर्शन गर्न सडकमा उत्रिएका छन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा रत्नपार्क र जमल क्षेत्रमा बिहानै प्रदर्शन भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.