काठमाडौं नेकपाको मसाल जुलुस (फोटो फिचर)

काठमाडौं नेकपाको मसाल जुलुस (फोटो फिचर)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूह निकटको विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौंमा मसाल जुलुस निकालेको छ ।

बुधबार काठमाडौंको बागबजारस्थित अनेरास्ववियुको कार्यालयबाट सुरु भएको मसाल जुलुस पद्म कन्या क्याम्पससम्म पुगेर पुन अनेरास्ववियुको कार्यालय परिसरमा कोणसभामा परिणत भएको थियो । 

पार्टी अध्यक्ष एवम् प्रधनमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपाले मसाल जुलुस प्रदर्शन गरेको हो ।

पुस ५ गते ओलीले संसद्‍ विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् । तस्बिर : विकास कार्की 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.