ओलीलाई प्रचण्डको सुझाव- अलिकति नैतिकता भए तत्काल राजीनामा दिनुहोस्

ओलीलाई प्रचण्डको सुझाव- अलिकति नैतिकता भए तत्काल राजीनामा दिनुहोस्

चितवन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई नैतिकता भए तत्काल राजीनामा दिन सुझाव दिएका छन् । 

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गरेको खुशीयालीमा चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले यस्तो सुझाव दिएका हुन् । उनले अलिकति लाज, घिन र नैतिकता भए तत्काल राजीनामा दिन ओलीलाई सुझाएका हुन् । 

‘केपीजी तपाईंसँग अझै पनि लाज, घिन र नैतिकता भए अहिल्यै राजीनामा दिनुहोस्’, प्रचण्डले भने 

सर्वोच्चको प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णयले नेपाली जनताको विजयी भएको बताए । उनले यो विजयका लागि नेपाली बौद्धिक, न्यायाधिक समुदायसँगै संविधानविद र कानुनविदलाई धन्यवाद दिए। 

उनले पार्टी अध्यक्षको हैसियतमा सबै पार्टी पंक्तिलाई देशभर खुशीयाली मनाउन अपीलसमेत गरेका छन् । 


 
केपीजी अब आँखा खोल्नुहोस् : माधवकुमार नेपाल 
नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई भ्रमबाट मुक्त भएर आँखा खोल्न सुझाव दिए। 

प्रतिनिधिसभा विघटन गलत भएको कुरा सर्वोच्च अदालतको फैसलाबाट पुष्टि भएपछि उनले ओलीलाई अब भ्रमबाट मुक्त हुन सुझाव दिएका हुन् । ‘केपीजी अब आँखा खोल्नुहोस्, भ्रमबाट मुक्त हुनुहोस्’, उनले भने । 

अब देश उज्यालोमा फर्किएको र सत्यको जित भएको उनको भनाइ छ । उनले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षमा रहेका नेपाली जनतालाई अभिवादन गर्दै सर्वोच्च अदलतका न्यायाधीशलाई धन्यवाद दिए । 

‘हामी उज्यालोमा फर्किएका छौँ । सत्यको जित भयो । न्यायको जित भयो । नेपाली जनताको जित भयो । बहादुर नेपाली जनतालाई हार्दिकहार्दिक क्रान्तिकारी लालसलाम भन्छु’, नेता नेपालले भने, ‘सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीश, उनको बेन्चमा रहेका चारैजना न्यायाधीश र अधिवक्तालाई धन्यवाद ।’ 

संविधानको सर्वोच्चतालाई अदालतले जोगाएको भन्दै यसका लागि साथ दिने राजनीतिक दल, नागरिक समाजलाईसमेत नेपालले धन्यवाद दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.