४ बजे बजेट भाषण गर्दै अर्थमन्‍त्री विष्णु पौडेल

४ बजे बजेट भाषण गर्दै अर्थमन्‍त्री विष्णु पौडेल

काठमाडौं : शनिबार बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट पारित बजेट दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गर्दैछन्। अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्न लागेका हुन्। आगामी आर्थिक वर्षको बजेट करिब १६ खर्ब रुपैयाँ बराबरको तयार भएको अर्थ मन्त्रालय स्रोतको दाबी छ। 

मन्त्रिपरिषद्ले पारित गरेको बजेट राष्ट्रपति विद्यादेवी भण्डारीबाट लालमोहर लगाएर भाषणका लागि तयार पारिएको छ। संविधान अनुसार सघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा जेठ १५ गते प्रस्तुत गर्नुपर्ने बजेट यसपटक अध्यादेशमार्फत् ल्याउन लागिएको हो। 

पाँच वर्षअघि तामझामका साथ संसदमा बजेट प्रस्तुत गरेका अर्थमन्त्री पौडेलले शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित विशेष कार्यक्रममा बजेट पढ्न लागेका हुन्। प्रतिनिधिसभा भंग भएकाले यसपटक सरकारले अध्यादेशमार्फत् बजेट प्रस्तुत गर्न लागेको हो। 

महामारी नियन्त्रण र चुनावको तयारीका लागि ठूलो रकम विनियोजन गरेकाले आगामी आर्थिक वर्षका लागि तयार भएको बजेटको आकार बढेको स्रोतको दाबी छ। अघिल्लो आर्थिक वर्षमा १४ र्ख ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको सरकारले निर्वाचन र कोरोना महामारी नियन्त्रणका लागि ठूलो रकम विनियोजन गर्दा करिब १६ खर्ब नजिक बजेट पुगेको बताइएको छ। 

सिंहदरबारबाट प्रस्तुत हुने बजेट भाषण समारोहमा प्रधानमन्त्री केपी ओलीसँगै मन्त्रिपरिषदद्का सदस्य उपस्थित हुनेछन्। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ मन्त्रालयका सचिव, बजेट निर्माण गर्न मन्त्रालयले गठन गरेको समूह, राष्ट्र बैंकका गभर्नरलगायत सहभागी हुँदैछन्। सरकारलाई समर्थन गर्ने दलका नेतासँगै प्रधानमन्त्रीको सल्लाहकार टिमसमेत उपस्थित हुनेछ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.