राष्ट्रपति भण्डारीद्वारा तीन वटा अध्यादेश जारी

राष्ट्रपति भण्डारीद्वारा तीन वटा अध्यादेश जारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा अध्यादेश जारी गरेकी छन्। शनिबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा बमोजिमका अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयमा सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए।

उनका अनुसार आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ जारी भएको हो।

संविधान अनुसार सघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा जेठ १५ गते प्रस्तुत गर्नुपर्ने बजेट यसपटक अध्यादेशमार्फत् ल्याउन लागिएको हो।  पाँच वर्षअघि तामझामका साथ संसदमा बजेट प्रस्तुत गरेका अर्थमन्त्री विष्णु पौडेलले शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित विशेष कार्यक्रममा बजेट पढ्न लागेका छन् ।

प्रतिनिधिसभा भंग भएकाले यसपटक सरकारले अध्यादेशमार्फत् बजेट प्रस्तुत गर्न लागेको हो। जसका लागि सरकारकाे सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश स्वीकृत गरेकी हुन् । 

सिंहदरबारबाट प्रस्तुत हुने बजेट भाषण समारोहमा प्रधानमन्त्री केपी ओलीसँगै मन्त्रिपरिषदद्का सदस्य उपस्थित हुनेछन्। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ मन्त्रालयका सचिव, बजेट निर्माण गर्न मन्त्रालयले गठन गरेको समूह, राष्ट्र बैंकका गभर्नरलगायत सहभागी हुँदैछन्। सरकारलाई समर्थन गर्ने दलका नेतासँगै प्रधानमन्त्रीको सल्लाहकार टिमसमेत उपस्थित हुनेछ। 

शनिबार बिहान बसेको मन्त्री परिषद्को बैठकले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट पारित गरेको छ।  बैठकले वार्षिक बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिससमेत गरेको थियो। प्रतिनिधि सभा विघटन भएकाले  सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि अर्थमन्त्रीले बजेट सार्वजनिक गर्नेछन्। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.