विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री, मतदान सकियो (लाइभ)

विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री, मतदान सकियो (लाइभ)

पोखरा : ६ दिनअघि मुख्यमन्त्री नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सभामा विश्वासको मत सम्बन्धी प्रस्तावमाथिको छलफल सकिएको छ । अहिले उनको प्रस्तावमाथि मतदान भइराखेको छ ।

मुख्यमन्त्री पोखरेलले राजनीतिक स्थायित्वका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरे। उनी २९ जेठमा पोखरेल मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा २९ वैशाखमा मुख्यमन्त्री नियुक्त पृथ्वीसुब्बा गुरुङले २७ वैशाखमा मागेको विश्वासको मत पाउन असफल भएपछि पोखरेल २९ जेठमा मुख्यमन्त्री नियुक्त भएका थिए।

नेपालको संविधान धारा १६८ को ५ अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। सोही अनुसार पोखरेलले आज विश्वासको मत लिन लागेका हुन्।

६० सदस्यीय गण्डकी प्रदेश सभामा पोखरेल सरकारलाई ३१ सांसदको समर्थन छ। नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद १ छन्। प्रमुख प्रतिपक्षी दल एमालेका २७ सांसद छन्।  विश्वासको मत सम्बन्धी प्रस्तावमाथिको छलफल सकिएपछि मतदान भएको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.