आश्रममै भत्ता
धनकुटा : १०५ वर्षीया गंगामाया काफ्लेले आश्रममै भत्ता पाएकी छन् । शारीरिक अशक्तताकै कारण भत्ता लिन जान नसक्दा वडाका जनप्रतिनिधिसहित बैंकका कर्मचारीको टोलीले मंगलबार आश्रममै पुगेर काफ्लेलाई भत्ता प्रदान गरेको विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेले बताए ।
शारीरिक असक्तताकै कारण जान नसक्दा यसअघि उनले भत्ता पाएकि थिइनन् ।
घिमिरेका अनुसार गंगामाया राम्ररी अडिनसमेत सक्दिनन् । बोेली आउन छाडेको धेरै भइसक्यो । आँखा देख्दिनन् । ठूलो स्वरले कराउँदा पनि भेउ पाउन छाडेको घिमिरेले बताए । तर, हरेक बिहान ३ बजे ब्यूँझेर भगवान् नाम लिँदै भजन÷किर्तन गाउने गरेकी छन् । गत आर्थिक वर्षको तीन चौमासिकको एकमुष्ट २४ हजार रुपैयाँ बैंकका कर्मचारीले हातमा थमाइदिँदासमेत उनले चाल पाउन सकिनन् ।
प्रतिक्रिया दिनुहोस !