प्रधानन्यायाधीश र सर्वोच्च बारमा पदाधिकारीबीच छलफल
काठमाडौं : सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च बारमा पदाधिकारीबीच छलफल भएको छ। सोमबार बिहान उनीहरुबीच छलफल भएको हो।
समसामयिक विषयमाथि छलफल भएको सर्वोच्च बारका सचिव ऋषीराम शर्माले बताए। उनले भने,‘मन्त्रीमण्डलमा प्रधानन्यायाधीशको कोटा छुट्याइएको विषय बाहिर आएपछि हामीले प्रधाननन्यायाधीशलाई भेटेका हौं। उहाँले यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भन्नुभएको छ।’
प्रतिक्रिया दिनुहोस !