राष्ट्रिय जनगणना : ३९ हजार गणकलाई तालिम
काठमाडौं : राष्ट्रिय जनगणनाका लागि गणक तालिम सुरु भएको छ। जनगणनामा ३९ हजार गणक छनौट गरी तालिम दिने काम सुरुवा भएको हो। यसका लागि ७७ वटै जिल्लामा ३४९ वटा जनगणना कार्यालयले कात्तिक १३ देखि १६ गतेसम्म तालिम सञ्चालन गर्ने केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए।
काठमाडौं जिल्लामा भने १७ गतेसम्म तालिम सञ्चालन हुनेछ। काठमाडौं ट्यावलेट प्रयोग गरेर जनगणना गरिने भएको कारण तालिम एक थप हुन लागेको उनले जानकारी दिए। गणकलाई तालिम दिनको लागि क्याम्पस शिक्षक, माध्यमिक तहका शिक्षक, सरकारी निकायका अधिकृत कर्मचारी, स्नातकोत्तर उत्तिर्ण गरेका सुपरीवेक्षक समेत गरी १५ सय प्रशिक्षक खटिएको विभागले जानकारी दिए।
विभाग तथा अन्य मन्त्रालयका अधिकृत, युएनएफपिए र केन्द्रीय विभाग जनसंख्या शास्त्रका जनसंख्याविद गरी करिब १ सय जना दैशैभर सञ्चालन हुने गणक तालिमको अनुगमन तथा अवलोकनको लागि खटिएका छन्।
आगामी कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने जनगणनामा यी ३९ हजार गणकले हरेक घरघरमा गएर विवरण संकलन गर्ने छन्। जनगणनामा ५५ वटा प्रश्न सोधिनेछन्। यी सबै प्रश्न गणकले हरेक घरपरिवारा गएर सोध्नु पर्नेछ। एउटा घरमालागि एक जना गणकले सबै प्रश्न सोध्न परिवारको आधार हेरी २० देखि ३० मिनेट समय लगाउने अनुमान विभागको छ।
गणनाका क्रममा कुनै घर नछुटुन र नदोहिरिउन भन्ने लागि जनगणना नक्साको प्रयोग गरिएको विभागका निर्देशक लामिछानेले जानकारी दिए। गणना क्षेत्र नक्सा र पहिलो चरणमा सुपरिवेक्षकबाट संकलित सूचीका अधारमा गणकल आफूले गणना गर्नुपर्ने घरको पहिना गर्ने व्यवस्था मिलइएको छ। भदौ ३० देखि असोज १८ सम्म सुपरिवेक्षक घर घर पुगेर सूचिकरण गर्न काम गेका थिए।
कोरोना महामारीका कारण जेठ २५ दखि असार ८ सम्म हुनु पर्ने राष्टिय जनगणना स्थगित भएको थियो। जनगणना प्रत्येक दस-दस वर्षमा हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस !