विवादकै बीच प्रधानन्यायाधीशले तोके १२ इजलास
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबारका लागि १२ इजलास तोकेका छन्। प्रधानन्यायाधीशले आफूसहितको ४ वटा एकल इजलास र ८ वटा संयुक्त इजलास तोकेका हुन्। ती इजलासमा २४८ थान मुद्दा सुनुवाइका लागि पेश भएका छन्।
तर इजलास तोकिए पनि बस्ने/नबस्ने अन्योल भने कायमै छ।
प्रधानन्यायाधीश जबरा विवादमा तानिएपछि इजलास प्रभावित हुँदै आएको छ। गत मंगलबारदेखि इजलास बहिष्कार गर्दै सर्वोच्चकै न्यायाधीशहरु आन्दोलित भएका छन्।
उनीहरुले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन आग्रह गरेका छन्।
यता, कानुन व्यवसायीहरु पनि जबराको राजीनामा माग गर्दै बसह बहिष्कार गरेका छन्। उनीहरुले आइतबारदेखि आन्दोलनका कार्यक्रम सुरु गरेका छन्। यसैक्रममा उनीहरुले हातमा कालो र सेटो पट्टी बाँधेर प्रधानन्यायाधीशविरुद्ध विरोधमा उत्रिएका छन्।
प्रतिक्रिया दिनुहोस !