प्रक्रिया पूरा गरेर एमसीसी पास हुन्छ : प्रधानमन्त्री देउवा

प्रक्रिया पूरा गरेर एमसीसी पास हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्‍बाट प्रक्रिया पूरा गरेर पास गर्ने बताएका छन्। बिहीबार बिहान त्रिभुवन अन्तर्रांष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले एमसीसी ऋण नभइ अनुदान भएकाले यसलाई प्रक्रिया पूरा गरेर अगाडि बढाउने बताएका हुन्।

देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा सहभागी भएर बेलायतबाट फर्किएका हुन्। बेलायतमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) की डेपुटी सीईओ एलेक्सिया लाटोर्टुले प्रधानमन्त्री देउवासँग भेट गरी नेपाललाई प्रदान गरेको एमसिसी कम्प्याक्ट अनुदानका विषयमा छलफल गरेकी थिइन्।

यस अगाडि एमसीसीले विज्ञप्ति जारी गर्दै सम्झौतालाई अघि बढाउने/नबढाउनु अब नेपालकै हातमा रहेको स्पष्ट पारेको थियो। अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन नगरी संसद् अधिवेशन अन्त्य गरिएको भन्दै एमसीसी मुख्यालयले निराशा व्यक्त गरेको हो। 

‘एमसीसी अनुमोदन नहुँदा लाखौं नेपाली यसबाट पाउने लाभबाट बञ्चित हुँदै छन्’, विज्ञप्तिमा लेखिएको छ। एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल सेप्टेम्बरमा नेपाल आएको थियो। सुमारले प्रधानमन्त्री शेरबहादुर देउवादेखि सत्ता गठबन्धनका सबै नेतासँग भेटवार्ता गरेकी थिइन्। उपाध्यक्ष सुमारसँगको भेटमा सरकारले एमसीसी संसद्बाट अनुमोदन गर्ने विश्वास दिलाएको थियो। देउवाले एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरु सहित नेपाल-अमेरिका सहयोगबारे विचार आदान प्रदान गरेको बताएका थिए।

संसद्बाट सम्झौता अनुमोदनमा ढिलाइले २ करोड ३० लाखभन्दा बढी नेपालीलाई भरपर्दो ऊर्जा र सुरक्षित सडक पहुँच पुर्‍याउने महत्वपूर्ण ५० अर्बको अनुदान सहयोग नै जोखिममा परेको विज्ञप्तिमा उल्लेख छ। 
सम्झौता अनुमोदन गर्ने कि नगर्ने भन्नेमा सत्ता गठबन्धनका दल नै विभाजित देखिएका छन्। कांग्रेस जसरी पनि एमसीसी अनुमोदन गर्ने पक्षमा छ। माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सम्झौता संशोधन गरेर मात्रै अनुमोदन गर्नुपर्ने पक्षमा छन्।  तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २०७४ भदौ २९ मा नेपालका तर्फबाट वासिङटन डीसीमा एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.