थप रणनीति बनाउन बारले थाल्यो भर्चुअल छलफल

थप रणनीति बनाउन बारले थाल्यो भर्चुअल छलफल

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले थप रणनीति बनाउन भर्चुअल छलफल थालेको छ । बारले ९० एकाइसँग छलफल थालेको हो । सो छलफलपछि बारले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेछ ।

यसअघि बारले सर्वोच्च अदालत अगाडी हातमा कालोपट्टी बाँधेर विरोधमा उत्रिएको थियो । नेपाल बार एसोसिएसनका महासचिव लिलामणी पौडेलले बारका एकाइहरुसँगको छलफलपछि आन्दोलनका कार्यक्रमहरु निक्र्यौल हुने बताए ।

आइतबार र सोमबारको छलफलबाट आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने बारको तयारी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.