प्रधानन्यायाधीश जबराले तोके ६ इजलास
काठमाडौ : प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सर्वोच्च अदालतमा सोमबारका लागि ६ वटा इजलास तोकेका छन्। यस्तै ७ मुद्दाको पेशी तोकिएको सर्वोच्चको दैनिक पेसि सूचीमा उल्लेख छ।
प्रधानन्यायाधीश जबराले २ एकल इजलास र ४ संयुक्त इजलास तोकेका हुन्। पेशी तोकिएमा सबै मुद्दा बन्दीप्रत्यक्षीकरणसँग सम्बन्धित रहेका छन्।
प्रधानन्याायधीशले सोमबार आफ्नो पनि इजलास तोकेका छन्। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै न्यायाधीशहरुले पनि मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएका छन्। तर, प्रधानन्यायाधीश जबरा भने राजीनामा दिने मुडमा छैनन्। उनले आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश नियुक्त भएको भन्दै कसैले राजीनामा दे भन्दैमा आफूले नदिने बताएका छन्।
जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएनले सोमबार कालोपट्टी बाँधेर विरोध जनाउने भएको छ। बारका महासचिव लीलामणि पौडेलले सोमबार बिहान साढे १० बजे कालोपट्टी बाँधेर विरोध जनाउने जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !