थप रणनीति बनाउन छलफलमा जुटे न्यायाधीश

थप रणनीति बनाउन  छलफलमा जुटे न्यायाधीश

काठमाडौं : बन्दीप्रत्यक्षीकरणका मुद्दा हेर्ने नहेर्ने निर्क्योल गर्न प्रधानन्यायाधीशबाहेकका न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छ्न् । तिहारअघि न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणका मुद्दाहरु हेर्दै आएका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबार आफूलाई पनि  इजलास तोकेका छन् । जबराले पूर्वसहमतिविपरीत आफैलाई पेसी तोकेपछि न्यायाधीशहरू असन्तुष्ट छन् ।

प्रधानन्यायाधीशले सोमबार ६ वटा इजलास तोकेका छन् । जसमध्ये एक इजलाश प्रधानन्यायाधीश आफैका लागि तोकेका हुन्। सोमबार ७ मुद्दाको पेशी तोकिएको सर्वोच्चको दैनिक पेसी सूचीमा उल्लेख छ । पेशी तोकिएका सबै मुद्दा बन्दीप्रत्यक्षीकरणसँग सम्बन्धित छन् । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै न्यायाधीशहरुले पनि मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएका छन् ।

तर, प्रधानन्यायाधीश जबरा राजीनामा दिने मुडमा छैनन्। उनले न्यायाधीशसँगको छलफलमा आफूलाई वैशाखसम्म काम गर्न दिन प्रस्ताव अघि सारेका थिए। तर न्यायाधीश र कानुन व्यवसायीहरु जबराले राजीनामा नदिएसम्म काममा नफर्किने बताउँदै आएका छन्।

सर्वोच्चकै न्यायाधीश र कानुन व्यवसायीहरु आन्दोलित भएपछि नियमितरुपमा इजलास बस्ने सकेको छैन। इजलास नबस्दा मुद्दाको सुनुवाइ प्रभावित भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.