प्रधानन्यायाधीश जबराविरुद्ध कठोर बन्दै बार, आज पनि विरोध

प्रधानन्यायाधीश जबराविरुद्ध कठोर बन्दै बार, आज पनि विरोध

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएनले सोमबार कालोपट्टी बाँधेर विरोध जनाउने भएको छ। बारका महासचिव लीलामणि पौडेलले सोमबार बिहान साढे १० बजे कालोपट्टी बाँधेर विरोध जनाउने जानकारी दिए।

न्यायपालिकामा रहेको विकृति, विसंगति, विचौलिया, भ्रष्टाचार नियन्त्रणका लागि चालेका कदममा समर्थन गर्न बारले आह्वान गरेको छ। यसअघि बारले कार्तिक १४, १५, १६ र १७ गते सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रम गरिसकेको छ। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर सुरु गरेको विरोधको दोस्रो चरणमा कसरी अगाडि बढ्ने भनेर आइतबार इकाईका पदाधिकारीसँग छलफल गरेको थियो।इकाईका पदाधिकारीले दिनहुँ अदालत ठप्प पार्दा समस्या हुने भएकाले प्रधानन्यायाधीशको राजीनामाको माग राखेर कुनै एक दिन मुलुकभरका अदालत ठप्प पार्नुपर्ने सुझाव दिएका छन्।

आइतबार बारले देशभरका कानुन व्यवसायीसँग भर्चुअल माध्यमबाट छलफल गरेको  गरेको थियो। छलफलमा सहभागिले न्यायपालिकाको विथितिविरुद्ध देशव्यापी रुपमा आन्दोलनको पक्षमा सुझाव दिएका छन्।उनीहरुले उच्च र जिल्ला अदालतमा देखिएका समस्या पनि समावेश गरेर आन्दोलन अघि बढाउन सुझाव दिएका छन् ।

जबराले पदबाट राजीनामा नदिएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने कानुन व्यवसायीहरुले बताउँदै आएका छन्। प्रधानन्यायाधीश जबराले भने सडकबाट कसैले राजीनामा दे भन्दैमा आफूले राजीनामा नदिने र संवैधानिक प्रक्रियाअनुसार अगाडि बढ्न तयार रहेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.