बारको रणनीति : अब सडक आन्दोलन

बारको रणनीति : अब सडक आन्दोलन

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसियनले आन्दोलनको स्वरुप परिवर्तन गर्ने भएको छ। जबराले भोली बुधबारसम्म पनि निकास नदिए सडक आन्दोलनमा जाने बारको योजना छ। 

नेपाल बार एशोसीयनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भोलि बुधबारको कार्यक्रमपछि कानुन व्यवसायी र जनता सडकमा आउने अवस्था आउन सक्ने बताए। उनले भने, प्रधानन्यायाधीशले राजीनामा नदिए बारले अब थप कार्यक्रम घोषणा गर्नसक्छ। त्यसका लागि हामी छलफलमै छौं।’ बारका देशभर ९० वटा एकाई छन्। ती एकाई मार्फतपनि आन्दोलन गर्ने बारको योजना छ।

हाल बारले सर्वोच्च अदालत र नेपाल बार एशोसीयसनमा धर्ना दिँदै आएको छ। नेपाल बार एसोसियसनले प्रधानन्यायाधीशकै कारण न्यायीक क्षेत्रमा विचलन छाएको भन्दै आन्दोलनमा जाने घोषणा गरेको छ। बारले यसअघि कालोपट्टी बाँध्नेदेखि बेन्च बहिष्कारसम्मका कार्यक्रम ल्याएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.