महासचिवमा मेरो दाबी छ : एमाले सचिव गुरुङ

महासचिवमा मेरो दाबी छ : एमाले सचिव गुरुङ

काठमाडौं : एमाले सचिव पृथ्वी सुब्बा गुरुङले महासचिवमा आफ्नो दाबी रहेको बताएका छन्। नवौं महाधिवेशनबाट सचिवमा निर्वाचित भएकाले महासचिवमा गुरुङले उम्मेद्वारी दिने बताएका हुन्।

उनले पार्टीमा छलफल हुन बाँकी रहेकाले त्यसपछि घोषणा गर्ने धारणा राखे। ‘म नवौं महाधिवेशनबाट निर्वाचित सचिव हुँ। फेरि सचिव दोहोर्‍याउने कुरा भएन।’ उनले अन्नपूर्णसँग भने, ‘पार्टीको महासचिव भएर काम गर्ने मन छ।’

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका गुरुङले महासचिव भए पार्टीलाई कस्तो बनाउने, कसरी अगाडि लैजाने भन्ने योजना र कार्यक्रम आफूसँग भएको बताए।

गुरुङले अध्यक्ष केपी शर्मा ओलीले मूल्यांकन गरेर अगाडि बढाउने विश्वास व्यक्त गरे। उनले भने, ‘मैले चाहँदैमा मात्र पुग्दैन। पार्टीमा छलफल हुन बाँकी छ। पार्टीका साथीहरूलाई कसलाई कहाँ राख्ने, नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने अध्यक्षको कुरा हो। मुख्य भूमिका अध्यक्षको रहन्छ।’

गुरुङले गुनासो मात्र बोकेर नभई कसरी एकताबद्ध हुन सकिन्छ भनेर लाग्नुपर्ने अहिलेको आवश्यकता भएको टिप्पणी गरे। उनले एमाले एकताबद्ध भएर लाग्दा एमालेलाई कुनै शक्तिले ढलाउन नसक्ने स्पष्ट पारे।  महाधिवेशनमा गुट उपगुट बन्दा पार्टीमा फेरि नराम्रो स्थिति सिर्जना हुने भएकाले सहमतिमा अगाडि बढ्ने तयारी भइरहेको उनको भनाई छ।

महाधिवेशनपछि चुनाव केन्द्रित
गुरुङले स्थानीय तहको चुनाव अगाडि नै महाधिवेशन गरेर पार्टीलाई वैचारिक, सांगठनिक र मनोवैज्ञानिक रूपले एकताबद्ध बनाउन खोजेको धारणा राखे।  एकताबद्ध पार्टीसँग कसैले पनि सामना गर्न नसक्ने उनको दाबी छ।

‘एकताबद्ध पार्टीसँग कसैले पनि सामना गर्न सक्दैनन्। त्यसपछि हामीलाई पराजय गर्ने कुनै शक्ति नै हुँदैन।’ उनले भने, ‘अरूलाई पराजय गर्ने मनोबलका साथ महाधिवेशनबाट ऊर्जा लिएर चुनावमा पनि जान्छौ। एमालेमा हिजोदेखि जुन विजयको विरासत थियो, अब बढोत्तरी गर्नुपर्छ भन्ने मनोविज्ञानका साथ महाधिवेशन सम्पन्न गर्छौं।’ 

एमालेको १० औं महाधिवेशन मङ्सिर १०, ११ र १२ गते चितवनमा हुँदैछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.