यी हुन् लिङ्देन प्यानलबाट उठ्ने पदाधिकारीहरु
काठमाडौं: राप्रपाको जारी महाधिवेशनमा अध्यक्षका आकांक्षी राजेन्द्र लिङ्देनले आफ्नो प्यानल घोषणा गरेका छन्। उनले जारी महाधिवेशनका लागि पदाधिकारीहरुको टुंगो लगाएका हुन्।
लिङ्देनको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ रहेका छन् भने महामन्त्रीमा डा. धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापा रहेका छन्।
जारी महाधिवेशनमा अध्यक्षमा लिङ्देन र कमल थापाले उम्मेदवारी घोषणा गरेका छन्।
प्रतिक्रिया दिनुहोस !