आठौं अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन : बैंकिङ इन्स्योरेन्स मेन्स सिङगल्सको उपाधि रायमाझीलाई

आठौं अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन : बैंकिङ इन्स्योरेन्स मेन्स सिङगल्सको उपाधि रायमाझीलाई

काठमाडौं : आठौं अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन बैंकिङ/इन्स्योरेन्स मेन्स सिङगल्सको उपाधि लुम्बिनी जेनेरल इन्स्योरेन्सका गणेश रायमाझीले हात पारेका छन्। प्रतिद्धन्द्वि घाइते भएर खेल्न नसकेपछि उनी विजेता बनेका हुन्। 

फाइनल पुगेका सिटिजन लाइफका अभिषेक बोश डबल्सतर्फको सेमिफाइनल खेलका क्रममा घाइते भएपछि खेल्न सकेनन्। लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कबर्ड हलमा शनिबार सकिएको खेलमा नेपाल एसबिआई बैंकका नवराज जोशी र कृषि विकास बैंका टक्कर कुँवर सेकेन्ड रनरअप भए। विजेताले एक तोला सुनको मेडल, रनरअपले आधा तोला र सेकेन्ड रनरअपले चौथाई सुनको मेडलसहित प्रमाण पत्र प्राप्त गरेका छन्। 

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्याय, अन्नपूर्ण पोस्ट्का सम्पादक अखण्ड भण्डारी, ईन्जिनीयर सागर थापा र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए। विजेतासहित सहभागी सबै खेलाडीले पुरस्कार ग्रहण गरेपछि अन्नपूर्ण मिडिया नेटवर्कको जलवायु परिवर्तनविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै हस्ताक्षरसमेत गरेका थिए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.