श्रीलंका र भारत जाने भन्दै भिजिट भिसामा दुबई जाने प्रयास, अध्यागमनले आठजनालाई फर्कायो

श्रीलंका र भारत जाने भन्दै भिजिट भिसामा दुबई जाने प्रयास, अध्यागमनले आठजनालाई फर्कायो

काठमाडौं : त्रिअवि अध्यागमन कार्यालयले विभिन्न देश हिँडेका ८ जना नेपालीलाई रोकेको छ। सोमबार  दुबई , केन्या, कतार र  कुवेत हिँडेका ८ जना नेपालीलाई ' शंकास्पद यात्रा' भन्दै प्रस्थान अनुमति नदिएको अध्यागमन कार्यालयले जनाएको छ। 

उनीहरुले कसैले पनि  भिटिज भिसामा खाडी मुलुक जानुपर्ने उद्देश्य पुष्टि  गर्न सकेनन्। फिर्ता हुनेमध्ये केहीले भारत जाने बहानामा दुबई छिर्न खोजेको भेटियो भने केहीले श्रीलंका जाने बहानामा खाडी मुलुक जान खोजेको भेटिएको अध्यागमनका अधिकारीले बताएका  छन्।

भारत हिँडेकी मोरङकी सुनिता कार्की, माल्दिभ्स हिँडेकी बर्दियाकी रेखा सुनुवार तिवारी,माल्दिभ्स हिँडेका अर्घाखाँचीका विशाल श्रेष्ठ, युएइ हिँडेका पाल्पाका दिप अर्याल, केन्या हिँडेका डडेल्धुराका हरिबहादुर सार्की,  भारत हिँडेका मवानपुरका रंजित ठाडा मगर, कतार हिँडेका गोरखाकी सर्मिला सिरमल र कुवेत हिँडैकी नवलपरासीकी सुष्मा राईलाई अध्यागमन कार्यालयले रोकेको हो।

कार्की,  तिवारी,मगर र राईको अनलाइनमा समेत दुवइको भिसा एक्टिभ देखिएकाले प्रस्थान अनुमति नदिएको अध्यागमन कार्यालयले जनाएको छ। गृहमन्त्रालयले भिटिज भिसामा खाडी मुलुक जान कडाइ गरेपछि मानव तस्कर संजालले वैकल्पिक माध्यमबाट पठाउने प्रयास गर्दै आएका छन्।

यस्तै, श्रेष्ठ माल्दिभ्स जाने भनि आएको तर भिजिट भिसामा दुबई जान खोजेपछि अध्यागमनले  गृह मन्त्रायको मापदण्डअनुसार आवश्यक कागजात पेश गर्न भनेको  थियो। उनले आवश्यक कागजात पेश गर्न नसकेपछि प्रस्थान अनुमति नदिएको हो।

अर्याल र  सार्कीलाई वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएको नदेखिपछि प्रस्थान अनुमति नदिइएको अध्यागमन कार्यालयले जनाएको छ। अध्यागमनका अनुसार ठाडा मगर भने आफन्त भेट्न युएइ जान लागेका तर युएइमा आफन्त रहेको यकिन व्यवहोरा खु्ल्ने कुनै कागजात पेश गर्न सकेनन्। उनी पुन: भारत जान भनी आएको तर राहदानी अनलाइनमा प्रमाणिकरण गर्दा दुवइको भिसा समेत एक्टिभ रहेको पाइएपछि प्रस्थान रोकेको हो। उनले  गृहमन्त्रालयको पत्रअनुसारको आवश्यक कागजात पनि  पेश गर्न नसकेको अध्यागमनका अधिकारीले बताएका छन्।

यस्तै, सिरमलले गृहमन्त्रालयको पत्रअनुसारको कागजात नलिइ आएको हुँदा प्रस्थान अनुमति नदिइएको अध्यागमन कार्यालयले जनाएको छ। यसअघि सोमबार अध्यागमन कार्यालयले  स्टकल्याण्ड हिँडेका भारतीय नागरिकलाई पनि यात्रा शंकास्पद भन्दै रोकेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.