व्याख्यात्मक टिप्पणीलाई अमेरिकाले अनुमोदन गर्नुपर्छ : राम कार्की
काठमाडौं: नेकपा माओवादी केन्द्रका सांसद राम कार्कीले १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई अमेरिकाले अनुमोदन गर्नुपर्ने बताएका छन्। उनले एमसीसी सम्झौताका लागि जारी गरिएको व्याख्यात्मक टिप्पणी अमेरिकाले स्वीकार गर्नुपर्ने र तत्काल चिठी पठाउनुपर्ने बताए।
उनले राष्ट्रियरुपमा विकास नीट्टि तयार गर्नुपर्ने आवश्यकता रहेको समेत बताए।‘भविष्यमा यस्ता धेरै प्रस्ताव आउँछन्। हामीले राष्ट्रियरुपमा विकास नीति तयार गर्नुपर्छ। दीर्घकालीन विकास रणनीतिको घोषणा पत्र जारी गर्नुपर्छ। नेपालले आफ्ना प्राथमिकता तय गरेर विकास रणनीति तयार गर्नुपर्छ,’ उनले भने।
उनले परिमार्जित शान्ति क्षेत्रको प्रस्ताव फेरि इन्डोर्स गर्नुपर्ने र यो क्षेत्र शान्ति क्षेत्रका रुपमा रहनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस !