ओली फोबियाले एमसीसीकै पक्षमा

ओली फोबियाले एमसीसीकै पक्षमा

काठमाडौं : माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी अनुमोदनका पक्षमा उभिनुको प्रमुख कारण हो– केपी शर्मा ओली फोबिया। कांग्रेसले सत्ता गठबन्धन भत्काएर एमालेसँग मिली एमसीसी अनुमोदन गरे आफू समाप्त हुने निष्कर्षमा पुगे यी दुई दल। एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले त ‘ओली फेरि शक्तिमा आए देश नै खाइदिने’ बताए। आफैं पास गराउन तयार भएको एमसीसीलाई ओली नेतृत्वको सरकारले नेपाललाई इन्डोप्यासिफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरूले बचाएको दाबीसमेत नेपालले गर्दै आएका थिए। 

अध्यक्ष नेपालले भनेका छन्, ‘वामपन्थी र लोकतान्त्रिक शक्तिहरूको एउटा गठबन्धन अहिलेसम्म छ। के होला भोलि भन्ने सबैको मनमा कौतुहल चलिरहेको छ। र कतिपयले त तुरुन्तै भत्काउनुपर्छ भनिराखेका छन्, सर्त राखेर। कस्तो सर्त भन्दाखेरी पूर्वाग्रहपूर्ण सर्त छ। सभामुखलाई सिध्याउनुपर्छ महाअभियोग लगाएर, मुन्ट्याएर निकाल्नुपर्छ। माधव नेपालसहितका १४ जनालाई सिध्याई दिनुपर्छ।’ नेपाल मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमेत ‘ओली फोबिया’ग्रस्त छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले ओलीबीच बाक्लो भेटघाट सुरु भएपछि आफूहरू एमसीसीको पक्षमा जानु परेको दाहालले बताउँदै आएका छन्। 

ओलीकै कारण दाहाल र नेपाल एमसीसीको पक्षमा आउनुपरेको हो। एमाले महासचिव शंकर पोखरलले ओलीविरुद्ध जे–जे विषय उठाएर विग्रह सिर्जना गरी पार्टी विभाजनमा भूमिका खेले समयक्रममा ती सबै विषय छोडेर आफूलाई चरम अवसरवादी भएको प्रमाणित गरेको दाबी गरे । ‘तर, पनि दाहाल र माधव नेपालको साथमा रहनेहरू अझै अध्यक्ष ओलीलाई नै समस्या मान्दैछन्,’ महासचिव पोखरेलले भने, ‘यी तथ्यहरूले अव त सत्यसंग लड्न सकिँदैन र हुँदैन भन्ने चेतना उनीहरूमा समेत आउनु पर्ने हो।’

दाहाल र नेपाल कुनै पनि हालमा एमसीसी पास गर्दैनौं भन्दै आएका थिए। उनीहरूले पार्टीबाट नै  निर्णय गराएर एमसीसीको विपक्षमा मत हाल्ने बताइरहेका थिए। एमसीसीको विरोधमा कार्यकर्ता सडकमा उतारेका थिए। तर, अन्त्यमा आएर आफ्नै निर्णय उल्टाएर ‘व्याख्यात्मक घोषणा’ गर्ने भन्दै पास गराउने निर्णय  गराए पास गरे। 

उनीहरूले नेकपाकालमा सभामुखमार्फत संसद्मा एमसीसी टेबल गर्न रोक लगाए। तर, अहिले आएर गठबन्धन जोगाउने नाममा सभामुखमार्फत संसद्मा टेबल गर्न लगाए। एमसीसीमार्फत सहायता पाउन आफू सरकारमा रहँदा पत्राचार गरे। झलनाथ खनाल प्रधानमन्त्री हुँदा तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले एमसीसी पाउन पत्राचार गरेका थिए। सरकारमै रहेका वेला संझौतासमेत गरे। एमसीसी राष्ट्रघाती सम्झौता हो भन्दै कार्यदल बनाउनेदेखि सडक आन्दोलन गर्नेसम्मको रमिता देखाएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.