नारायणकाजीलाई प्रचण्डको सुझाव- महाकाली सन्धिका बेला वामदेवको जस्तै नहोस्

नारायणकाजीलाई प्रचण्डको सुझाव- महाकाली सन्धिका बेला वामदेवको जस्तै नहोस्

काठमाडौं: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नारायणकाजी श्रेष्ठलाई वामदेव गौतमबाट पाठ सिक्नुपर्ने बताएका छन्। एमसीसी अनुमोदन भएपछि खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा उनले कोही पनि सेन्टिमेन्टमा आउन नहुने बताए।

एमसीसीका विषयमा माओवादी नेता श्रेष्ठले आक्रामकरुपमा विरोध जनाइरहेका छन्। एमसीसी संसदबाट पास भइसकेको अवस्थामा पनि उनले व्यख्यात्मक टिप्पणीलाई सुनियोजित भ्रम भन्दै अभिव्यक्ति दिइरहेका छन्। उनले एमसीसी राष्ट्रघाति भएको र आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनुपर्ने बताएका छन्। 

श्रेष्ठ आक्रामक भएपछि प्रचण्डले आश्वस्त पार्दै आफ्नो कुरा बाहिरभन्दा पनि केन्द्रीय कमिटीमा राख्न अुरोध गरेका हुन्। 'नारायणकाजी कमरेडलाई मैले भने तपाइँलाई मतभेद राख्ने अधिकार छ। सबै एकै मत हुनुपर्छ भन्ने छैन। तपाईँको विचारलाई सम्मान पनि गरिन्छ। केन्द्रीय कमिटीको बैठक आउँदै छ। कमिटीमा आफ्नो कुरा राख्नुस्, बाहिरचाहिँ नबोल्नुस्,' उनले भने। 

उनले वामदेव गौतमले महाकाली सन्धि राष्ट्रघाति भनेर पार्टी फुटाएको तर चुनावमा जिरो भएको उदाहरण दिँदै श्रेष्ठलाई फकाए। 'महाकाली सन्धिका बेला विचरा वामदेवले राष्ट्रघात भनेर एमालेको आधा केन्द्रीय कमिटी लिएर जानुभयो। भोट आउने बेला जिरो। एउटा जित्नु भएन। कोही सेन्टिमेन्टमा आउन आवश्यक छैन,' उनले भने। उनले एमसीसीको विरोध गरेर जनताको सेन्टिमेन्ट आउने भए सबै जना प्रेम सुवालतिर जानुपर्ने बताएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.