सभामुखलाई एमालेको चेतावनी : संसदबाट निष्कासन गर्नुनपरोस्
काठमाडौं : नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग लगाउने संकेत गरेको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएर सम्मानजनक बहिर्गमनमा जान सापकोटालाई आग्रह गरे । राजीनामा नदिए संसदबाट निष्काशन गर्ने अवस्था सिर्जना गर्न बाध्य उनले चेतावनी दिए ।
‘एमाले जिम्मेवार पार्टी हो । महाभियोग ल्याउँदैन भन्ने होइन । ल्याउन सक्छौं । तत्कालै ल्याउँछौं भन्ने पनि होइन । उहाँको राजीनामा पर्खिरहेका छौं । हाम्रो आग्रह छ, स-सम्मान बहिर्गमन हुनुस् । संसदले निष्कासन गर्ने अवस्था नआओस् । उहाँका अनुचित क्रियाकलपालाई सच्याउने वा व्यक्तिलाई हटाउने भन्ने कुरा एमालेले विचार गर्छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस !