सभामुख सापकोटालाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित : सचिवालय

सभामुख सापकोटालाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित : सचिवालय

काठमाडौं : प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिएको उनको सचिवालयले बताएको छ। सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपाने बुधबार प्रेस नोट जारी गरेर लोकतन्त्र र संवैधानिक सर्बोच्चताको पक्षमा उभिएका सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिएको दाबी गरेका हुन्। 

सभामुख अग्निप्रसाद सापकोटाको नाम जोडेर अफवाह फैलाउन खोजिएको उनको सचिवालयले जनाएको छ। सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपाने बुधबार प्रेस नोट जारी गर्दै लोकतन्त्र र संवैधानिक सर्वोच्चको पक्षमा उभिएका सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिएको उल्लेख छ। ‘देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्र र संवैधानिक सर्बोच्चताको पक्षमा उभिनु भएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ।’

सचिवालयले विज्ञप्तिमा एमालेको नाम नलिई प्रचार गरिएका विषयको पुष्टि गर्न ध्यानाकर्षण गराइएको छ। उनले आफ्नो राजनैतिक अभीष्ट पूरा गर्न अमर्यादित एवं अशोभनीय तवरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सचिवालयले आग्रह गरेको छ।

मंगलबार एमालेले विज्ञप्ति जारी गर्दै एमालेका सांसदको अवरोधलाई बलमिच्याइँ गर्ने सभामुखको व्यवहार आपत्तिजनक भएको जनाएको थियो। ‘सरकारले दिएको विजनेस सदनमा प्रस्तुत नगर्नेजस्ता पदीय दायित्व प्रतिकुल व्यवहार गर्दै आउनुभएका सभामुखले कुनै समय एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेमा आत्महत्या गर्छ भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति दिनुभयो। षड्यन्त्रको पटकथा तयार भएपछि भने 'सभामुख भनेको अम्पायर हो' भन्नेजस्ता शब्दावली प्रयोगमा ओर्लिनु भयो। यसले उहाँको यो व्यवहार पदीय कर्तव्यको पालनाभन्दा पनि दल विशेषको आज्ञापालन गर्ने देखिन्छ। उहाँ नै दलहरूले कारबाही गरेका अनुशासनहीन सांसदलाई जोगाएर दल विभाजनको मतियार बन्नुभयो। अहिले राष्ट्रिय राजनीति लिकबाट बाहिरिएको छ।’ एमाले विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको आधारभूत मूल्य, मान्यता र दलीय प्रणालीको मर्मलाई स्थापित गर्न र त्यसलाई अझ सुदृढ गर्नका लागि हो। संसद् जननिर्वाचित प्रतिनिधिमार्फत् लोकतन्त्रको अभ्यास गरिने थलो हो। चार वर्षअघिको जनादेश अहिले खण्डित भएको छ। त्यसैले संसद् प्रभावकारी हुन सकिरहेको छैन। त्यसमाथि सभामुखको भूमिकाले थप गतिरोध सिर्जना भएको छ। यी सबै घटनाक्रमले सभामुख यस गरिमामय पदका लागि योग्य हुनुहुन्न भन्ने थप पुष्टि भएको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.