चिनियाँ विदेश मन्त्री वाङ यी शुक्रबार नेपाल आउने

चिनियाँ विदेश मन्त्री वाङ यी शुक्रबार नेपाल आउने

काठमाडौंः चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयले चीनका विदेशमन्त्री यी चैत ११ गते नेपाल आउन लागेको जानकारी गराएको छ । परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा यी तीनदिने औपचारिक भ्रमणमा नेपाल आउन लागेका हुन्।  

नेपाल भ्रमणका क्रममा विदेश मन्त्री यीले राष्ट्रपति वीद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहल प्रचण्डलाई भेट्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा जनाएको छ । 

चैत १२ गते शनिबार परराष्ट्रमन्त्री खड्का र विदेशमन्त्री यीबीच दुई पक्षीय भेटवार्ता हुनेछ । भेटका क्रममा  बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाको बारेमा छलफल हुनेछ। विदेशमन्त्री  यी आइतबार फर्किनेछन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.