अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीले गलत निर्णय लिए : एमाले (पूर्णपाठ)

अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीले गलत निर्णय लिए : एमाले (पूर्णपाठ)

काठमाडौंः नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको गलत सल्लाहमा लागेर प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकका गभर्नर हटाउने निर्णय गरेको आरोप लगाएको छ। एमालेले आइतबार विज्ञप्ति जारी गर्दै यसअघि पनि नेपाली कांग्रेसको नेतृत्वमा सरकार रहेका बेला गभर्नरलाई हटाउने प्रयास गरेको र केन्द्रीय बैंक नेतृत्वबिहीन भएर देशको अर्थतन्त्र संकटमय बनेको इतिहास रहेको उल्लेख गरेको छ।

एमालेले सो घटना स्मरण गर्दै अहिले पनि गभर्नरलाई हटाउनु त्यसको पुनरावृत्ति भनेर टिप्पणी गरेको छ। सरकारले आफ्नो नालायकीपन छोप्न राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेको एमालेकोआरोप छ। एमालेले अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्री देउवाले गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने गलत निर्णय गरेको बताएको छ।

अघिल्लो सरकारबाट नियुक्त भएकै कारण व्यवसायिकरुपमा दक्ष र इमान्दार राष्ट्र सेवकहरु यो सरकारबाट कोपभाजन भएका दर्जनौं घटनाहरु रहेको विज्ञप्तिमा उल्लेख। 'वर्तमान गठबन्धन सरकारले अत्यन्त गैह्रजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलबाड गरिरहेको छ,' विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.