देशलाई श्रीलंका बनाउन किन चासो भइराख्या छ, अचम्म लाग्छ : अर्थमन्त्री
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको परिसूचक सामान्य अवस्थामा रहेको बताएका छन्। अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले अर्थतन्त्र नधुरमुराएको स्पष्टसमेत पारे।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिँदै नेपाल श्रीलंकाको बाटोमा नहिँडेको बताए। ‘नेपाल श्रीलंका हुन्छ भन्नेतिर लग्न खोजिँदै छ। यो राष्ट्रघात हो। देशलाई त राम्रो बनाउनुपर्यो नि। श्रीलंका बनाउन किन चासो भइराख्या छ? अचम्म लाग्छ,' उनले भने।
उनले देशको ट्रेजरीमा अझै ६७ अर्ब रुपैँया रहेकोफ र अर्थतन्त्र नाजुक अवस्थामा नरहेको स्पष्ट पारे। केही दिनअघि अध्यक्ष ओलीले नेपालमा श्रीलंकाको जस्तै आर्थिक संकट आउने अभिव्यक्ति दिएका थिए।
प्रतिक्रिया दिनुहोस !