अब हप्तामा दुई दिन सार्वजनिक बिदा, सरकारले गर्‍यो स्वीकृत, कार्यालय समय पनि हेरफेर

अब हप्तामा दुई दिन सार्वजनिक बिदा, सरकारले गर्‍यो स्वीकृत, कार्यालय समय पनि हेरफेर

काठमाडौं : सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हप्ताको दुई दिन विदा दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। उनकाअनुसार जेठदेखि हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदाको निर्णय कार्यान्वयनमा आउनेछ।

दुई दिन सार्वजनिक विदा दिएसँगै सरकारले कार्यालय समय पनि हेरफेर गरेको छ। विहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म कार्यालय समय तोकिएको छ।

इन्धनको खपत घटाउन आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दुई दिन सार्वजनिक विदाको प्रस्ताव गरेको थियो। त्यस्तै नेपाल राष्ट्र बैंकले सरकारी खर्च घटाउन र सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार ल्याउन सरकारलाई यो प्रस्ताव गरेको थियो।

सरकारले सुरुवाती चरणमा परीक्षणका रुपमा जेठबाट विदाको निर्णय कार्यान्वयनमा ल्याउने सरकारका प्रवक्ता कार्कीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.