गठबन्धनलाई २० वर्षसम्म लैजान सकिन्छ : प्रचण्ड

गठबन्धनलाई २० वर्षसम्म लैजान सकिन्छ : प्रचण्ड

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले यो गठबन्धन २० वर्षसम्म लैजान सकिने बताएका छन् । भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको सत्ता गठबन्धनलाई २० वर्षसम्म लैजान सकिने बताएका हुन् ।

 प्रचण्डले भने, 'यो गठबन्धन लोकतन्त्रको आवश्यकता हो । समृद्धि र विकासको आवश्यकता हो, 'उनले भने, 'तपाईँ चितवनबासी जनताले उत्साहपूर्ण भोट हालेर रेणु दाहाल र चीत्रसेन अधिकारीको टिमलाई भोट हाल्नुभयो भने म निकै उत्साहित हुनेछु र यो गठबन्धनलाई १०/१५/२० वर्ष लैजाने मेरो प्रतिवद्धता हुनेछ । तपाईँहरुले नेताहरु मात्रै नहेर्नुस् । तपाईँहरुको पनि फैसला गर्ने अधिकार छ । '

प्रचण्डले भने, 'रेणु दाहाल आफ्नै समर्पणमा अघि बढेको छ । रेणुको  बुवाको नाताले गर्व गर्ने कुरा छँदैछ । पार्टीको हिसाबले पनि गर्व गर्छु । अभूतपूर्व जित हुनेछ । राष्ट्रको ध्यान भरतपुरमा गएको छ । दुनियाँले पनि भरतपुरतिर खुब ध्यान दिएर हेरेको छ । जगन्नाथजीसँग मेरो कुनै गुनासो छैन । नेपाली जनता र गठबन्धनले पनि आफ्नो अधिकार प्रयोग गर्छन् । जनताको फैसलाको अगाडि कसैले गुनासो गर्ने ठाउँ छैन । प्रचण्डलाई  टेन्सन दिन चाहनुहुन्न भन्नेमा आशा गर्छु ।'

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.