दैलेखमा बस दुर्घटना, ४ को मृत्यु
दैलेख : कालीकोटबाट नेपालगन्ज जाँदै गरेको बस दैलेखमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दर्जनौं घाइते छन्। बुधबार राति दैलेखको आठबीस नगरपालिका–३ स्थित सिस्नेमा म १ ख ६६० नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख, डीएसपी भुवनेश्वरप्रसाद साहले बताए।
मृतकको विस्तृत विवरण खुलिनसकेको आठबीस नगरपालिकाका निवर्तमान मेयर खड्गराज उपाध्ययले जानकारी दिए। क्षमताभन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको हुनसक्ने उनको आशंका छ। बस खचाखच भरिए पनि कति यात्रु थिए भन्ने विषय खुलिनसकेको डीएसपी साहले बताए। बस सडकबाट करिब ५० मिटर तल खसेको जानकारी प्रहरीलाई आएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !