कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
कर्णाली : कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेलले शनिबार पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।
मुख्यमन्त्री कँडेलविरुद्ध नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १६ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
कँडेल नेकपा एमालेबाट मुख्यमन्त्री बनेका हुन् । एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सत्ता सहकार्यका लागि सहमति खोज्न वार्ता जारी रहेका बेला मुख्यमन्त्री कँडेलले राजीनामा घोषणा गरेका हुन् । मुख्यमन्त्री कँडेलले प्रदेशमा छलफलको लागि वातावरण बनाउन मार्गप्रशस्त गर्न आफूले राजीनामा दिएको बताएका छन् ।
उनले अहिलेको अवस्थामा राष्ट्रिय शक्तिहरु एकजुट हुन प्रस्ताव गरे पनि त्यसलाई अस्वीकार गरिएको गुनासो गरे । आफूप्रति अविश्वासको प्रस्ताव राखेपछि राजीनामा दिनु उचित भएको उनको भनाइ थियो । कँडेलले राजीनामा दिएपछि अविश्वास प्रस्तावमाथि छलफल गर्ने बुँदा कार्यसूचीबाट हटाइएको थियो ।
प्रतिक्रिया दिनुहोस !