बलात्कार र यौन हिंसासम्बन्धी कानुन तर्जुमा गर्न सरकार तयार : गृहमन्त्री

बलात्कार र यौन हिंसासम्बन्धी कानुन तर्जुमा गर्न सरकार तयार : गृहमन्त्री

काठमाडौं :  गृहमन्त्री बालकृष्ण खाणले बलात्कार र यौन हिंसासम्बन्धी कानुन तर्जुमा गर्न सरकारले तयारी थालेको बताएका छन्।

राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक कानुनको तर्जुमा गर्न सरकारले गृहकार्य थालेको बताए।

गृहमन्त्री खाडले मानव अधिकारमैत्री वातावरण सिर्जना गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए। उनले आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको प्रत्याभूतिका लागि मानव अधिकारमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिवद्ध रहेको बताए। 

सरकारले दण्डहिनता अन्त्य गर्ने तथा मानव अधिकार उल्लंघनप्रति शून्य सहनसिलताको नीति लिएको जानकारी दिए।

यस्तै, द्वन्द्वकालीन घटनाका पीडितको न्यायका लागि सरकार प्रतिवद्ध रहेको भन्दै उनले संक्रमणकालीन संयन्त्रमार्फत छिट्टै पीडित र परिवारमा समेत न्यायको अनुभूति हुने गरी सो कार्यलाई निष्कर्षमा पुर्‍याइने बताए। मानव बेचबिखनविरुद्धको अभियानमा आयोग र नागरिक समाजले  प्रशंसायुक्त काम गरेको उनको भनाइ छ।

त्यस्तै, आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकार आयोग र अन्य संवैधानिक निकायबीच सहकार्य गर्दै मानवअधिकारको क्षेत्रमा प्रभावकारी काम गर्ने बताए। उनले विश्वका अन्य देशसँग पनि मानवअधिकार रक्षाका लागि विभिन्न सम्झौता भएको जानकारी दिए।

उनले मानवअधिकार रक्षाका लागि आयोगले गरेको सिफारिसलाई राज्यले गम्भीरुपमा लिनुपर्ने धारणा व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.