यौन हिंसा मुद्दामा हदम्याद बढाउन संसद सचिवालयमा विधेयक दर्ता
काठमाडौंः यौन हिंसाको मुद्दामा उजुरी गर्न हदम्याद बढाउन संसद सचिवालयमा विधेयक दर्ता भएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले हदम्याद बढाउनेसम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता गराएका हुन् ।
केहि दिनयता यौन हिंसाका मुद्दामा पीडितले उजुरी गर्न हदम्याद बढाउनुपर्ने भन्दै आवाज उठ्दै आएका छन् । सांसदहरुले समेत हदम्याद बढाउनुपर्ने माग राख्दै आएका छन् । मुलुकी अपराध संहितामा हदम्याद एक वर्ष तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस !