सरकारलाई गगन थापाले भने, ‘इम्बोस्ड नम्बरको नाममा नागरिक तर्साउने काम बन्द गर’

सरकारलाई गगन थापाले भने, ‘इम्बोस्ड नम्बरको नाममा नागरिक तर्साउने काम बन्द गर’

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले इम्बोस्ड नम्बरको नाममा नागरिक तर्साउने काम बन्द गर्न माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले इम्बोस्ड नम्बरको विषयमा गम्भीर हुन सरकारलाई आग्रह गरेका हुन् ।

थापाले इम्बोस्ड नम्बर राख्न भनेर सरकारले गरेको ताकेता नागरिकमाथिको अत्याचार भएको बताए। उनले भने, ‘जबर्जस्तीलाई बन्द गरियोस् होइन भने नागरिकले अवज्ञा गर्छन्। त्यसअघि सरकारले पुनर्विचार गरोस्।’

उनले राज्यको स्रोत र साधनले समेत उक्त समयभित्र सम्भव नभएको बताए। दण्ड र जरिवानाको डर देखाएर सरकारले गरेको अपारदर्शी निर्णय र निकम्मापनको सजाय नागरिकलाई दिन खोजिएको उनको भनाई छ।

थापाले इम्बोस्ड नम्बर राख्न निकै महंगो पर्ने भएकाले पुनर्विचार गर्न समेत आग्रह गरे। सांसद् थापाले ठेक्का पाएको कम्पनी र ठेक्का सम्झौतामाथि पनि प्रश्न उठेको बताए। 

यातायात व्यवस्था विभागले असारभित्रै बागमती र गण्डकी प्रदेशका सवारीसाधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गरिने सूचना जारी गरेपछि चौतर्फि आलोचना भइरहेको छ। ट्राफिक प्रहरीबाट सडक अनुगमन गर्दा तोकिएअनुसार इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुने ब्यहोराको सूचना प्रकाशित भइसकेको छ। नेपालका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडानको ठेक्का पाएको कम्पनी विश्व बैंकले समेत कालोसूचीमा राखेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.