हदम्यादका बारेमा कानुन आयोगलाई प्रतिवेदन दिन भनेका छौं : कानुन मन्त्री
काठमाडौं : कानुन न्याय तथा संसदीय मामीला मन्त्री गोविन्दप्रसाद शर्माले हदम्यादका कारण न्याय पाउनबाट बञ्चित हुन नपरोस् भन्नेमा सरकार गम्भीर रहेको बताएका छन् ।
संसदमा बोल्दै कानुनमन्त्री शर्माले हदम्यादका कारण न्याय पाउनबाट बञ्चित हुन नपरोस् भन्ने भावनामा सरकार गम्भीर रहेको बताएका हुन् ।
उनले भने, 'समाजले आवश्यकता देख्यो भने कानुन परिवर्तन हुन्छ। हदम्याद पनि निरन्तर परिवर्तन हुँदै आएको छ। अपराधको गम्भीरताअनुसार सजाय गर्नुपर्ने आवाज उठ्छ । हदम्यादका कारण न्याय पाउनबाट बञ्चित हुन नपरोस् भन्ने भावनामा सरकार गम्भीर छ ।'
उनले सरकारले यो विषयलाई संवेदनसिल रुपमा लिएको बताए । शर्माले भने,' कानुन आयोगलाई यो विषयमा अध्ययन गर्न भनिएको छ । हदम्याद कति हदसम्म बढाउने/घटाउने विषयमा प्रतिवेदन दिन भनेका छौं ।'
प्रतिक्रिया दिनुहोस !