यौनहिंसाविरुद्धको संशोधन विधेयक २०७९ सर्वसम्मतबाट स्वीकृत

यौनहिंसाविरुद्धको संशोधन विधेयक २०७९ सर्वसम्मतबाट स्वीकृत

काठमाडौंः प्रतिनिधिसभाको बैठकले यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

 कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले निर्णयार्थ प्रस्तुत गरेको यौनहिंसाविरुद्धको विधेयक सर्वसम्मतबाट स्वीकृत गरेको हो।

सो क्रममा कानुन न्याय तथा संसदीय मामिलामन्त्री शर्माले हदम्यादले न्याय पाउनबाट बञ्‍चित हुन नपरोस् भन्नेमा सरकार गम्भीर रहेको बताए । 

संसदमा बोल्दै कानुनमन्त्री शर्माले हदम्यादका कारण न्याय पाउनबाट बञ्‍चित हुन नपरोस् भन्ने भावनामा सरकार गम्भीर रहेको बताएका हुन् । 

उनले भने, ‘समाजले आवश्यकता देखियो भने कानुन परिवर्तन हुन्छ। हदम्याद पनि निरन्तर परिवर्तन हुँदै आएको छ । अपराधको गम्भिरताअनुसार सजाय गर्नुपर्ने आवाज उठ्छ । हदम्यादका कारण न्याय पाउनबाट बञ्चित हुन् नपरोस् भन्ने भावनामा सरकार गम्भीर छ ।’

उनले भने,' कानुन आयोगलाई यो विषयमा अध्ययन गन भनिएको छ । हदम्याद कति हदसम्म बढाउने/ घटाउने विषयमा प्रतिवेदन दिन भनेका छौं।'
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.