हिजो टाउकाको मूल्य तोक्ने र टाउकोमा बम हान्नेहरु नै साँठगाठ गरेर देश बर्बाद पारे : अध्यक्ष ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार शान्तिप्रकृया टुंगोमा पुर्याउन जिम्मेवार नभएको आरोप लगाएका छन् ।
सोमबार संसदमा बोल्दै अध्यक्ष ओलीले यो सरकार शान्तिप्रकृया र संक्रमणकालीन न्याय टुग्याउन संवेदनशिल नभएको बताए।
ओलीले भने, ‘हिजो टाउकाको मुल्य तोक्ने र टाउकामा बम हान्नेहरु मिलेर साँठगाठ गरेर देश बर्बाद पार्ने । योद्धाहरु बर्बाद पार्ने, घाइतेहरु बर्बाद पार्ने । कसैको वास्ता नहुने । यसको व्यवस्थापन गर्न नपर्ने । नेपालीमा एउटा उखान छ काले काले मिलेर खाउ भाले ।'
उनले संक्रमणकालीन न्यायको काम अगाडि बढाउन किन नखोजेको भन्दै प्रश्न गरे।
ओलीले भने, ‘खोइ द्वन्द्व व्यवस्थापन ? खोइ संक्रमणकालीन न्यायको स्थापना ? हामी प्रतिपक्षीबाट भनिरहेका छौं । संक्रमणकालीन न्यायको काम अगाडि बढाउन किन नखोजेको ? हामी सहयोग गर्न तयार छौं । ’
प्रतिक्रिया दिनुहोस !