स्थानीय निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न गठित समितिले प्रचण्डलाई प्रतिवेदन बुझाउँदै
काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थानीय तह निर्वाचनमा भएको अन्तर्घात बारेमा छानबिन गर्न गठित समितिले आज प्रतिवेदन बुझाउने भएको छ। आज दिउँसो पार्टी अध्यक्ष पुष्पकमल दाहाललाईअन्तर्घात बारेमा छानबिन गर्न गठित समितिले प्रतिवेदन पेश गर्न लागेको हो।
माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजकसमेत रहेका टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा राईसहित खिमलाल देवकोटा र मुक्ति प्रधान रहेका थिए।
स्थानीय निर्वाचनमा माओवादी केन्द्र भित्रैबाट घात-अन्तर्घात भएको आवाज उठेको र कतिपयले केन्द्रीय सदस्यहरूले नै निर्वाचनमा अन्तर्घात गरेको आरोप लागेपछि छानबिन समिति गठन गरिएको हो।
प्रतिक्रिया दिनुहोस !