९० मिनेटमा बराबरीपछि विश्वकप फाइनल अतिरिक्त समयतर्फ

९० मिनेटमा बराबरीपछि विश्वकप फाइनल अतिरिक्त समयतर्फ

दोहा: निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएपछि फिफा विश्वकपअन्तर्गत अर्जेन्टिना र फ्रान्सबीचको फाइनल अतिरिक्त समयमा पुगेको छ। एम्बाप्पेले दुई मिनेटमा दुइै गोल गरेसँगै विश्वकपको फाइनलमा अर्जेन्टिनाविरुद्ध फ्रान्सले २–२ बराबरी गरेको थियो।

पहिलो हाफमा लियोनेल मेसी र एन्जल डी मारियाले गरेको गोलसँगै अर्जेन्टिनाले २–० को अग्रता लिएको थियो। ओसुमाने डेम्बेलेले डी मारियालाई गरेको फाउलसँगै पाएको पेनाल्टीमा मेसीले २३औं मिनेटमा पहिलो गोल गरेका थिए। डी मारियाले ३६औं मिनेटमा गरेको गोलसँगै अर्जेन्टिनाले अग्रता दोब्बर पारेको थियो।

दोस्रो हाफमा फ्रान्सले नाटकीय बराबरी गर्यो। अर्जेन्टाइन निकोलस ओटामेन्डीले रान्डाल कोलो मुआनीलाई फाउल गरेपछि पाएको पेनाल्टीमा एम्बाप्पेले पहिलो गोल फर्काएका थिए। त्यसको एक मिनेट नबित्दै मार्कस थुरामको पासमा एम्बाप्पेले शानदार फिनिसिङ गर्दै खेल नाटकीय बराबरीमा ल्याएका हुन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.