माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारमा
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका छन्। सरकार गठनका विषयमा छलफल गर्न उनी बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री पदका लागि निर्णायक वार्ता गर्न उनी बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्री पद नपाए गठबन्धन छाड्ने धम्की दिएका प्रचण्डले प्रधानमन्त्री देउवासँग निर्णायक वार्ता गर्ने माओवादीका एक नेताले बताए।
शुक्रबार बिहानमात्रै प्रचण्डले कांग्रेस नेता प्रकाशमान सिंहलाई प्रधानमन्त्री पद नपाए गठबन्धन छोड्ने धम्की दिएका थिए। त्यसलगत्तै प्रचण्डले चिनियाँ दूतावासका कार्यबाहक राजदूतसँग भेटवार्ता गरेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हिमचिम बढाएका प्रचण्डको चिनियाँ पक्षसँगको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रचण्डले आजै प्रभु साहलगायत नेताहरूसँग पनि सत्ता समीकरणबारे छलफल गरेका छन्।
प्रतिक्रिया दिनुहोस !