म माथिको विश्वासलाई न्याय गर्न सकौँला भन्ने तर्क उठ्न थालेको छ: प्रचण्ड

म माथिको विश्वासलाई न्याय गर्न सकौँला भन्ने तर्क उठ्न थालेको छ: प्रचण्ड

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्राप्त साथ सहयोगले आफैँलाई गम्भीर बनाएको बताएका छन्। 

विश्वासको मतका बारेमा आफ्नो धारणा राख्नेक्रममा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, 'सबै राजनीतिक दल र स्वतन्त्र सांसदले उठाएका विषयले मलाई निक्कै गम्भीर बनाएको छ।'

उनले यो अपार सफलता मिलेको बताउँदै उनले आफूमाथि भएको विश्वास र समर्थनलाई न्यायपूर्ण सम्बोधन गर्न सकौँला भन्ने प्रश्न उठेको बताए। उनले भने, 'मैले हिजै सिंगै हाउसले विश्वासको मत दिने सञ्चारमाध्यमलाई भनेको थिएँ। मलाई यसरी विश्वास प्राप्त होला भन्ने भावना मात्र थियो। थाहा थिएन्। मेरो भावनालाई सबैले स्वीकार गर्नुभएकोमा आभारी छु। यो अपार विश्वास र समर्थनलाई न्यायपूर्ण रुपमा सम्बोधन गर्न सकौँला भन्ने प्रश्न उठिरहेको छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.