एटीआर–७२, पहिलो दुर्घटना

आन्तरिक उडानको ठूलो दुर्घटना

एटीआर–७२, पहिलो दुर्घटना

काठमाडौं : यती एयरलाइन्सको (एटीआर ७२) विमान दुर्घटनालाई विज्ञहरूले ‘भवितव्य’ भनेका छन्।  तराई र सुगम क्षेत्र (ट्रंक रुट) का लागि एटीआर–७२ विमान उपयुुक्त भएको भन्दै उनीहरूले यो विमान दुर्घटनाप्रति आश्चर्य व्यक्त गरेका छन्।   

ट्रंक रुटका लागि एटीआर जहाज सबैभन्दा उपयुक्त भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्मा बताउँछन्।  ‘आजको दुर्घटना भवितव्यभन्दा अरू होइन,’ शर्माले भने, ‘फ्रेन्च कम्पनीले बनाएको युरोपियन जहाज भएकाले उडानका लागि सुरक्षित मानिन्छ। ’ सुर्खेत, तुम्लिङटारजस्ता पहाडी गन्तव्यमा पनि एटीआर चलाउने तयारी भइरहेको उनले बताए। ‘पाटपुर्जा र अरू कारणले पनि यो सुरक्षित जहाज हो,’ शर्माले भने, ‘एटीआर नविनतम प्रविधियुक्त छ। ’ 

मुलुकको जहाज दुर्घटनाको इतिहासमा यो आन्तरिकतर्फको सबैभन्दा ठूलो जहाज दुर्घटनामा परेको हो।  काठमाडौंबाट पोखराका लागि उडेको जहाजमा रहेका ७२ जनाको नै दुर्घटनास्थलमा निधन भएको छ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि ‘क्लियर टु ल्यान्ड’ पाइसकेको जहाज विमानस्थलनजिकै दुर्घटना भयो।  बिहान १० बजेर ५० मिनेटमा जहाज अवतरणको निर्देशन पाएको १० बजेर ५१ मिनेटमा नै खसेको बताइएको छ।  ‘यती एयरलाइन्सको एनवाइटी ६९१, ९एन–एएनसी विमान पोखरा टावरसँग १०ः५० बजे सेती खोँच भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् उक्त विमान दुर्घटना भएको हो,’ यती एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ।  उक्त विमान काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट १०ः३२ बजे पोखराका लागि उडेको थियो।  

अवतरणका लागि निर्देशन पाइसकेको हुनाले विमानमा प्राविधिक समस्या नरहेको हुनसक्ने एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला बताउँछन्।  ‘हामी सक्डमा छौं।  मौसम पनि सफा थियो, प्राविधिक समस्या पनि देखिँदैन, दुर्घटना हुन पर्ने कारण नै देखिँदैन,’ उनी बताउँछन्।  सक्षम पाइलटले उडाएको र जहाजको अवस्था राम्रो भएको उनले दोहोर्‍याए।  

प्रशिक्षक पाइलट कमल केसी र पाइलट अञ्जु खतिवडाले जहाज उडाएका थिए।  कमल केसी प्रशिक्षक पाइलट भएको र अञ्जु खतिवडाले पनि करिब ३ वर्षदेखि जहाज उडाउन थालेकाले सक्षम पाइलटको उडानका बाबजुद पनि दुर्घटना भएको प्रवक्ता बर्तौलाले जानकारी दिए।  

जहाज के कारणले दुर्घटना भयो भन्ने छानबिन समितिको निचोडपछि मात्र थाहा हुने उनले बताए। यती एयरलाइन्सको जहाज खसेपछि मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पत्ता लगाएर न्यूनीकरणका लागि पाँच सदस्यीय जाँचबुझ समिति गठन गरेको छ।  ४५ दिनभित्र रिपोर्ट बुझाउन समयसीमा दिइएको छ।  यस्तै, कम्पनीले पनि आन्तरिक रूपमा जाँचबुझका लागि समिति गठन गरेको छ।  

दुर्घटनालाई अवलोकन गर्दा अन्य कारणभन्दा पनि पाइलटको नै दोष देखिएको स्रोतले बताएको छ। दुर्घटनाको अन्य कारण नदेखिएको स्रोतले बताए।  मुलुकको भौगोलिक बनावट, यात्रु बोक्ने क्षमता, गति लगायतका कारणले एटीआर उपयुक्त विमान भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्री बताउँछन्।  अहिले आन्तरिकतर्फ बुद्ध एयर र यती एयरबलाइन्सले एटीआरलाई सञ्चालनमा ल्याएका छन्।  

दुर्घटनामा परेको एटीआर–७२ जहाज सन् २००७ मा निर्माण भएको हो। यतीले सन् २०१९ मा जहाज भित्र्याएको थियो।  जहाजले कम्तीमा ३ हजार घन्टा उडान भरिसकेको छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.