चर्चामा चन्द्रागिरि

चर्चामा चन्द्रागिरि

सन् २००६ मा साउदीको पूर्वी सहर खोबरस्थित फ्रेन्च बहुराष्ट्रिय रिटेलर 'क्यारिफोर'को लबीमा मैले रामु सर (हेमराज ढकाल) लाई सोधेको थिएँ, 'दाइ नेपालमा यस्तै एउटा चेन रिटेलर खोल्दा कस्तो होला ? ' जुलाईमा साउदीको उखरमाउलो गर्मी, आफूभन्दा जेठा दाइ, आफैं कार्यरत कम्पनीको निर्देशकसँग सोध्नुपूर्व ध्यान दिनुपर्ने धेरै कुरा थिए । मैले हिम्मत बटुलेँ । किनकि, रेमिट्यान्सको क्षेत्रमा नयाँ अवधारणासहित उहाँहरूले सुरु गर्नुभएको आईएमई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा एउटा भरपर्दो ब्रान्डका रूपमा स्थापित हुँदै थियो ।

आफू सम्बद्ध कम्पनीले नयाँनयाँ क्षेत्रमा लगानी गर्न सक्दामात्र सेवा तथा उत्पादन बेच्ने हामीजस्ता कर्मचारीलाई सजिलो हुन्थ्यो । नजानिँदो गरी दबाब दिन मैले सोधेको थिएँ ।

हा...हा.., राजु ! 'खोल्न त खोल्ने, आफूसँग बैंकको ब्याज तिर्ने पैसा पनि हुनुपर्‌यो, अर्को कुरा अत्याधुनिक ठाउँमा किनमेल गर्न आममान्छेको क्रयशक्ति पनि बढ्नुपर्छ । मलाई त हस्पिटालिटी र पर्यटन क्षेत्रमा अलि बढी रुचि छ । त्यस्तो लगानीले इच्छुक स्वदेशीविदेशी सबैलाई सेवा दिन सक्छ ।'

चन्द्रागिरिमा लट्ठामा राता गोन्डाला कुद्न थालेदेखि रामु सरको नेपाल बसाइ बाक्लिएको छ । थानकोटको गोदामचौरबाट केबलकार चन्द्रागिरि डाँडातर्फ उकालो लाग्दै गर्दा रामु सरको अनुहारमा सन् २००६ को त्यही परिकल्पना साकार भएको अनुभव गर्छु । आजभन्दा १०/१२ वर्षअघि यो परियोजनाको गर्भधारण भएको थियो । उमेरले दुई बीस टेक्न नपाउँदै व्यवसायमा आकर्षण बढेको बताउने रामु सर सम्बद्ध आईएमई समूहको व्यावसायिक जीवनमा यो परियोजनाले अर्को छलाङ मारेको छ ।

यो उहाँ एक्लैको परियोजना होइन । संयोगले नेपालको नेतृत्वदायी रिटेलर चेनको व्यावसायिक साझेदारी चन्द्रागिरि केबलकारले पायो । निर्माणाधीन परियोजनामा आवतजावत गर्दा जुकाले चुसेका अम्बिकाप्रसाद पौडेलका रगताम्मे खुट्टा मलाई सम्झना छ । परियोजनाको एउटा जंगे पिल्लर हो उहाँ ।

भीमसेनस्तम्भ अरू पनि हुनुहुन्छ । सदियौंदेखि मानव बस्ती नबसेको घना जंगलमा जोखिम मोलेर पैसा खन्याउनु चानचुने कुरा होइन । दूरदृष्टियुक्त नेतृत्व त्यहाँ पनि आवश्यक पर्‌यो होला । चन्द्रागिरि डाँडामा अहिले अत्याधुनिक प्रविधियुक्त अस्ट्रियन यन्त्रजडित राता केबलकार छिनछिनमा ओहोरदोहोर गरिरहेका छन् ।

समुद्री सतहबाट दुई हजार पाँच सय ५१ मिटरको उचाइमा रहेको चन्द्रागिरि डाँडामा निर्माणाधीन अवस्थामै रहेको 'भालेश्वर महादेव' मन्दिर परिसरमा मैले चन्द्रप्रसाद ढकाललाई भेटेको दुई वर्ष हुन थाल्यो । हाल त्यही स्थानमा 'भालेश्वर मन्दिर' तयारी अवस्थामा छ । सयौं भक्तजनमा लामबद्ध चन्द्र सर एक दर्शनार्थीका रूपमा देखिनुहुन्छ ! भगवान् शिव पनि फिस्स हाँस्दै उहाँलाई नै नियालिरहेझैं लाग्छ । कार्यालयको सानो कुर्सीमा उहाँको शरीर हराउँछ तर चन्द्र सरको विशाल व्यक्तित्व कोठाभरि फैलिन्छ । नजिकबाट चिन्नेले उहाँलाई त्रिकालदर्शी भविष्यवेत्ता भनेर चिन्छन् ।

दक्ष प्रजापतिको यज्ञमा होमिएकी सतीदेवीको मृत शरीरलाई देवादिदेव महादेवले बोकेर पृथ्वी परिक्रमा गर्दा जहाँजहाँ सतीदेवीको अंग पतन भयो, त्यहाँ 'भालेश्वर माहदेव' प्रकट भए भन्ने कुरा हिमवत्खण्डका ९८/९९औं अध्यायमा वर्णन गरिएको कुरा इतिहासविद् दिनेशराज पन्तले उल्लेख गरेका छन् ।

पुस्तौनी कृषिमा आश्रित पारिवारिक आर्थिक पृष्ठभूमिलाई छोटै समयमा देशव्यापी फैलाउन सक्नुको रहस्य उहाँको कामप्रतिको लगाव, समर्पण, धैर्य र सहनशील स्वभाव नै हो । उहाँको उद्यमशीलताकै परिणाम आज चन्द्रागिरि डाँडामा अत्याधुनिक यन्त्रजडित गोन्डाला हजारौं प्रकृतिप्रेमी मानव शरीर बोकेर फनफनी घुम्न थालेको छ ।

चन्द्रागिरि योजना

जल, जंगल र जमिनको समुचित उपयोगले मात्र मुलुकको गार्हस्थ्य उत्पादनमा योगदान दिन सकिन्छ भन्ने अमूर्त पाठ पढ्यौं, पढायौं । सिक्ने र सिकाउने कुरा थाती थिए । जंगलको समुचित उपयोग गरेर नेपालको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्ने अभिप्रायले चन्द्रागिरि केबलकारको परिकल्पना गरिएको हो । अहिले चन्द्रागिरि हिल्स लिमिटेडका नाममा सञ्चालनमा छ ।

भालेश्वर मन्दिर अवस्थित चन्द्रागिरि डाँडानजिकै यस परियोजनाको टप स्टेसन भएकाले धार्मिक पर्यटनको प्रवद्र्धनमा उत्तिकै महत्त्व छ । केबलकारको अनुभवसहित चन्द्रागिरिको चुचुरोबाट मनोरम हिमशृंखला एवं उपत्यकाको दृश्यावलोकन गर्ने अवसर सेवाग्राहीलाई प्रदान गर्नु यसको मुख्य उद्देश्य हो ।

 

'भालेश्वर' अर्थात् 'इच्छेश्वर'

दक्ष प्रजापतिको यज्ञमा होमिएकी सतीदेवीको मृत शरीरलाई देवादिदेव महादेवले बोकेर पृथ्वी परिक्रमा गर्दा जहाँजहाँ सतीदेवीको अंग पतन भयो, त्यहाँ 'भालेश्वर माहदेव' प्रकट भए भन्ने कुरा हिमवत्खण्डका ९८/९९औं अध्यायमा वर्णन गरिएको कुरा इतिहासविद् दिनेशराज पन्तले उल्लेख गरेका छन् । सतीदेवीको भाल अर्थात् निधार चन्द्रागिरिमा पतन भई लिंग उत्पत्ति भएको र पछि त्यसैलाई 'भालेश्वर महादेव'ले पुकारिन थालेको पौराणिक कथन छ । भालेश्वर महादेवले भक्तजनको मनोकांक्षा पूरा गर्ने हुनाले यसलाई 'इच्छापुरेश्वर' वा 'इच्छेश्वर' पनि भनिन्छ ।

ऐतिहासिक महत्त्व

चन्द्रागिरिको टाकुरो नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहसँग प्रत्यक्ष रूपमा जोडिएको छ । नुवाकोटस्थित ससुरालीबाट गोरखा फर्किने क्रममा चन्द्रागिरि डाँडाबाट पृथ्वीनारायण शाहले पहिलोपटक काठमाडौं उपत्यकालाई एकीकृत नेपालको राजधानी बनाउने योजना बुनेका थिए ।

पुग्ने कसरी ?

काठमाडौंस्थित थानकोट चेकपोस्टबाट झन्डै साढे एक किलोमिटर बायाँ (उत्तर तर्फ) गएपछि बेस स्टेसन भेट्न सकिन्छ । त्यहाँबाट ११ वटा पोलमा टाँगिएका ३८ वटा गोन्डोला (केबुलकार)ले चन्द्रागिरिको टप स्टेसनसम्म नौदेखि १४ मिनेटको समयमा झन्डै साढे दुई किलोमिटरको दूरी पार गराउँछन् । टप स्टेसनमा अवतरणपछि केही समयको पैदल दूरी पार गरेर 'भालेश्वर महादेव'को दर्शन गर्न सकिन्छ ।

के छ चन्द्रागिरिमा ?

बालबालिकाको मनोरञ्जनका लागि म्यानुअल बाल उद्यान, छुट्टी मनाउनेका लागि सुविधासम्पन्न बार, सभासम्मेलनका लागि अत्याधुनिक थ्रीडी हल र भ्यु टावर रेस्टुरेन्टले यहाँको सौन्दर्यमा अझै विविधता थपेका छन् । सुविधासम्पन्न बुटिक होटल यहाँ रात काट्न चाहनेका लागि निर्माणाधीन अवस्थामा छ ।

अम्युजमेन्ट पार्क, हर्स राइडिङ, जिप फ्लायरलगायतका पर्यटकीय पूर्वाधार थप्ने योजना छन् । कम्पनीले एक सय २० रोपनी जग्गा खरिद गरेर बेस स्टेसन तयार गरेको छ । यहाँ व्यवस्थित पार्किङ, रेस्टुरेन्ट, कफी सप र कार्यालयको भौतिक संरचना तयार भइसकेको छ ।

छिनछिनमा बदलिने चन्द्रागिरिको मौसम सबैभन्दा आकर्षक विषय हो । टाढाको हिमाल र उपत्यकाको दृश्य हेर्न पाउनु अर्को आनन्द हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.