बीपी राजमार्गमा घण्टौँ जाम

बीपी राजमार्गमा घण्टौँ जाम

सिन्धुलीः सुख्खा पहिरो गएर अबरुद्ध भएपछि ड्राइभर्सन निर्माण गरी मंगलबार बिहानबाट बीपी राजमार्ग सञ्चालनमा ल्याइए पनि घण्टौं जाम हुन थालेको छ ।

सडको करिब ३० मिटर पिच सुख्खा पहिरोसँगै सुनकोसी नदीमा खसेपछि बनाइएको ड्राइभर्सन सानो र कच्ची भएपछि सवारी साधन ओहोरदोहोर गराउन घण्टौं समय लाग्ने गरेको हो ।

एक तर्फीमात्र सवारी सञ्चालन गरिएपछि दुबै तर्फको सवारी साधन ओहोर दोहोर गराउन घण्टौँ पालो कुर्नुपर्ने समस्या आएको यात्रु तथा यातायात ब्यावसायीहरुकोे गुनासो छ । एक पटकमा एकापट्टीको मात्र सवारी साधन पास गर्नुपर्दा अर्को पट्टीको सवारी साधन र यात्रु जाममा बस्नुपर्छ ।

‘दैनिक सवारी साधनको चाप बढ्दै जाँदा पालै पालो यात्रा गर्नु पर्छ,’ यातायात व्यवसायी तिलक कार्कीले भने, ‘दोहोरो सवारी पास गराउन कम्तीमा एक घण्टा लाइन बस्नु पर्ने हुन्छ ।’

कार्कीका अनुसार दुबैतर्फ हजारौ सवारी साधन लाइनमा हुन्छन् । उनहिरुलाई ड्राइभर्सन पार गर्न चार घण्टासम्म लाग्छ । हतारमा यात्रा गर्नेहरुलाई सास्ती भएको उनको भनाइ छ ।

बीपी राजमार्गका यात्रु बाबुराम देबकोटाका अनुसार एकै पटक सवारी साधन पास गराउँदा यातायातका साधनहरुलाई पास गर्न समस्या छ । पालै पालो पर्खदा घण्टौं लाग्ने गरेको छ ।

‘लामो सयमसम्म सडक पार गर्न नसक्दा विमारी र अत्यावश्यकीय सवारी साधनहरुलाई समस्या भएको छ । विमारी लिएर काठमाडौं जाने आउने एम्बुलेन्स जाममा परेर बस्नु पर्दा थप जोखिम मोल्नुपर्ने अबस्था आएको छ,’ उनले थपे ।

प्रहरीले दुबै तर्फबाट पालैपालो गरेर एक एकवटा सवारी साधनमात्र पास गराउने गरेको छ । ठुला सवारी साधनले पनि उक्त ट्रयाक सडक नै प्रयोग गरेर भत्केको सडक पार गर्न जवरजस्त गरेपछि ट्राफिक व्यवस्थापनमा चुनौती थपीएको प्रहरीले जनाएको छ । धेरै समय र खर्चभार बढी लाग्ने भएपछि ठुला सवारी साधनहरुले सिन्धुलीको खुर्कोट हुँदै रामेछापको मन्थली—पकरबास—सित्खाको वैकल्पिक सडक प्रयोग गर्न मानेका छैनन् ।

रातको समयमा कुनै पनि सवारी साधनलाई आवतजावत गर्न रोक लगाइएपछि प्रायः दिउसैको समयमा यात्रा गर्नेहरुको चापको कारण सडक घण्टौं जाम हुन गएको इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक रामेश्वर राउतले जनाए ।

‘आफ्नै खुसीमा सवारी साधनहरु छाड्दा दुर्घट्ना हुन सक्ने भएकाले व्यवस्थापन गर्दा लामो समय लाग्ने गरेको छ,’ उनले थपे ।

सडक डिभिजन कार्यालय खुर्कोटले खुर्कोट—नेपालथोक खण्ड अन्तरगत सितलपाटी गाविस ९ त्रिवेणी घटमा पहिरो गएपछि झण्डै २ किलोमिटर वैकल्पिक ट्रयाक निर्माण गरी मंगलबार बिहानबाट अबरुद्ध राजमार्ग सञ्चालनमा ल्याएको थियो ।

उक्त ट्रयाक अत्यन्त जोखिमयुक्त मान्निछ । सडक डिभिजनलाई यातायातका साधनहरु दोहोरो सञ्चालन हुने गरी ट्रयाक खोल्न भने पनि काम सुरु नगरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख उमाशंकर पंन्जियारले बताए । उनका अनुसार सडक भत्केकै स्थानबाट भित्तोलाई कोपेर एउटा ट्रयाक र हाल सञ्चालनमा ल्याइएको अर्को ट्रयाक संचालनमा ल्याउन सके अहिले हुनेगरेको जाम कम गर्न सकिन्छ । ‘एउटा ट्रयाक बाट आउने र अर्कोबाट जाने बनाउन सके घण्टौंसम्म जाममा बस्नु पर्ने बाध्यताको अन्त्य हुन्छ,’ उनले भने, ‘तर, यसका लागि सडक डिभिजन कार्यालयले सहयोग गरेन ।’ उता सडक भास्सिएकै स्थानमा अर्को ट्रयाक निर्माण गर्न प्राविधिक मूल्यांकन नगरी सम्भव नरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.