धान रोपेर मनाए पर्यटकले असार पन्ध्र

धान रोपेर मनाए पर्यटकले असार पन्ध्र

पोखरा : पोखरामा पर्यटकले धान रोपेर हिलो खेल्दै असार १५ मनाएका छन् । पोखरा लेखनाथ महानगरपालिकाको बाटुलेचौरस्थित ठूलीबेसी फाँटमा बिहीबार भएको रोपाइँ महोत्सवमा पर्यटकले हलो जोत्ने, हिल्याउनेदेखि धानसमेत रोपेर नेपाली परम्परागत कृषि प्रणालीको अनुभव लिएका छन् ।

कृषि पर्यटनको माध्यमबाट पोखरामा पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले विगत १३ वर्षदेखि पोखराका पर्यटन व्यवसायीको छाता संगठन पोखरा पर्यटन परिषद्ले रोपाइँ महोत्सव गर्दै आएको हो । १४ औं रोपाइँ महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले गर्नुभएको थियो । महोत्सवमा सहभागीका लागि अमेरिकाको रोष्डम विश्व विद्यालयका विद्यार्थी पनि नेपाली परम्परागत कृषि प्रणालीको अध्ययन गर्न आएका छन् ।

यो विश्वविद्यालयबाट बिगतका वर्ष पनि यहाँको परम्परागत खेतीप्रणलीको अनुभव लिन विद्यार्थी र प्राध्यापकको टोली आउने गरेको थियो । यस पटक जापान, सिंगापुर, चीन, जर्मन, इटाली, फ्रान्स, इरानलगायत २२ भन्दा बढी देशका करिब पाँच सय पर्यटक महोत्सवमा सहभागी भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले जानकारी दिनुभयो । महोत्सवमा ३० हजारभन्दा बढी आन्तरिक पर्यटकको सहभागिता रहेको परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले सुनाउनुभयो । पछिल्लो समय पोखराका फाँट कंक्रिट जंगलमा परिणत हुँदै गएपछि आन्तरिक पर्यटक पनि असारे महोत्सवमा हिलो खेल्न ओइरोलाग्ने गरेका छन् ।

हलो जोत्ने, कान्ला खन्ने, आली लगाउने र रोप्ने काममा पर्यटक स्वयं सहभागी हुने र यसले महोत्सवलाई थप रमाइलो बनाएको परिषद्का अध्यक्ष शर्माले बताउनुभयो । पर्यटक नेपाली पञ्चेबाजामा नाचगान, गरेर रमाइलोका साथ दही च्यूरा खाएर रोपाइँ महोत्सवमा सहभागी भएका थिए । पहिलोपटक नेपाल आएकी न्युजिल्यान्डकी पर्यटक ज्याज हकले हलो जोत्दै धान रोप्ने कामले मानव र जनावरबीचको अनौंठो सम्बन्धका बारेमा जान्ने अवसर मिलेको बताउनुभयो । परम्परागत संस्कृतिसँगै गीत गाउँदै नाच्दै हिलोमा खेलेर धान रोप्ने परम्पार आफूलाई निकै राम्रो लागेको उहाँले बताउनुभयो । अमेरिकाकी पर्यटक मलिया डोरभानोले असारे महोत्सव निकै रमाइलो र अनौंठो लागेको बताउनुभयो ।

रोपाइँ महोत्सवमा विदेशी र नेपालीबीच रस्साकस्सी, माछा समाउने, हिलोमा दौड जस्ता आकर्षण र प्रतियोगिता पनि भएको थियो । प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको महोत्सवका संयोजक नवराज अधिकारीले बताउनुभयो । नेपालमा धान दिवसका रूपमा समेत असार १५ लाई मनाइन्छ । असार १५ मा एकपटक हिलो छुनैपर्छ भन्ने पुरानो मान्यतालाई साकार पार्दै कृषकलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।

पर्यटकलाई हरेक मौसममा उत्तिकै रूपमा पोखरा भित्र्याउने र पोखरा हरेक मौसमका लागि भन्ने भनाइलाई चरितार्थ गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको संयोजक अधिकारीले जानकारी दिनुभयो । पोखरामा खेतीयोग्य जमिन मासिँदै गएकाले भूमि जोगाउन महोत्सवमा सचेतनामूलक कार्यक्रम गरिएको थियो । पछिल्लो समय पोखरामा प्लटिङका कारण खेतीयोग्य जमीन मासिँदै गएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.